आषाढ २ । आज सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपनल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार ८ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन आज ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । हिजो १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




















