रामु यादव , लवनी
श्री माध्यमिक विद्यालय श्रीनगर धतुरगढले आज एक कार्यक्रमका विच कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि तथा नव अभिभावकहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
विद्यालयमा आज आयोजित कार्यक्रममा हालै निर्वाचित जनप्रतिनिधि शिक्षक विधार्थी ,अभिभावक विद्यालय व्यवस्थापन समितिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि कमलेश शरण चौधरीले विद्यालयहरुले शिक्षाको गुणस्तरमा जोड दिई , वालवालिकाको वैद्धिकता स्वास्थ्य र अनुशासनलाई पनी ध्यान दिनुपर्ने भन्दै पालिकाको तर्फबाट आफुहरुले जुनसुकै सहयोग गर्न पनी तयार रहेको तर शिक्षकहरु कतव्र्यनिष्ट भएर लाग्नुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी, वडाध्यक्ष , तथा सदस्य, कार्यपालिका सदस्यहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वडा नं २ का वडाध्यक्ष समेत रहेका मनोज कुमार यादवको अध्यक्षता विद्यालयका शिक्षक तुलसा भट्रराई को स्वागत र शिक्षक नारायण थारुको संचालन रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्योति श्रीवास्तव, शिक्षक अभिभावक संघका अध्यक्ष रवि प्रसाद यादव भु.पु प्रधानाध्यापक अरविन्द्र कुमार श्रीवास्तव नन्दनगर मा.वि का प्र.अ विजय शुक्ला लगाएतको आतिथ्यता रहेको थियो ।




















