ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आचारसंहिता उल्लङ्घनका घटनामा आएन कमी

लुम्बिनी दर्पण २०७९ कार्तिक २४, बिहीबार १३:२९

लुदअ

गत १२ असोजदेखि निर्वाचन आचारसंहिता २०७९ लागू छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आचारसंहिता जारी गरे पनि रुपन्देहीमा सत्ता पक्ष पनि उल्लंघनमा अगाडि देखिएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कसैलाई छुट नहुने भनिरहँदा पनि सत्ताको आडमा केहीले संरक्षण पाएका छन् भने केही स्पष्टीकरणको भागीदार बनेका छन् ।

निर्वाचनलाई अस्वाभाविक भड्किलोपन प्रदर्शन नहोस् र खर्चको सीमामा उम्मेदवारले निर्वाचन सम्पन्न गराउन आयोग लागे पनि आचारसंहिताविपरीत गतिविधि गरेको आठजनालाई रुपन्देहीमा स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता अनुगमन समितिले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी र सूचनाको आधारमा सत्ता पक्ष ६ दलीय गठबन्धनका रुपन्देही ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका भरत शाह, सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार नेपाली कांग्रेसका फाकरुद्दीन खानलाई रंगीन पोस्टर टाँसेको, पाँचदलीय गठबन्धनको समर्थनमा उम्मेदवार बनेका रुपन्देही २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले कलर भिजिटिङ कार्ड वितरण गरेकोमा समितिले स्पष्टीकरण सोधेको हो ।

रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हाम्रो नेपाल पार्टीका भीष्मकुमार राना र रुपन्देही ३ जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार राउत , प्रदेशसभा (क) का सलाउद्दीन आलमलाई लिखित स्पष्टीकरण सोधिएको आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

रोहिणी गाउँपलिकाले कुस्ती प्रतियोगिता गराई पुरस्कार वितरण गरेको भन्दै पालिका प्रमुख र प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधिएकोमा जवाफ आइसकेको छ । चार वटा लिखित उजुरी र सूचनाको आधारमा एक स्थानीय जनप्रतिनिधि, एक प्रशासकीय अधिकृत र ६ उम्मेदवार सबैलाई बेग्लाबेग्लै पत्र समितिले पठाएको छ ।आचारसंहिता उल्लंघन भए कारबाही प्रक्रिया अघि बढाइने समितिले जानकारी दिएको छ ।

आचारसंहिता उल्लंघन गर्नेमा नेपाली कांग्रेस नै अगाडि रहेको छ । अरु उम्मेदवार पनि त्यसैलाई आधार बनाएर गरिरहेका छन् । सबैलाई दायरामा ल्याउन समिति लागे पनि सोचेअनुरूप कारबाही गर्न नसकिएको समितिका एक सदस्यले जानकारी दिए । ‘हामीले कसैलाई काखा कसैले पाखा गर्न मिल्दैन फोनमार्फत धेरै उजुरी आएको छ, प्रशासनबाट पनि अझै केही समय पर्खौ भन्ने कुरा आएको छ,’ उनले भने ।

व्यानर लगाएर डिजे बजाउने, बालिका नचाउने, कार्यपालिका पदाधिकारी र सदस्यहरू प्रचारमा हिँड्ने, चुनाव चिन्हसहित चकलेट बाँड्ने, पोस्टर तथा ठूलठूला व्यानर लगाउने, आक्षेप पूर्ण अभिव्यक्ति दिने, भोजभतेर, अनुमतिविना सवारीसाधन चलाउने, झण्डा राख्ने जस्ता गतिविधि अधिकांश सत्ता पक्षकै गठबन्धनबाट भइरहेको उजुरी परेको छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (१) मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए नभएको सम्बन्धमा आयोगले आवश्यकतानुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा (२) ‘उपदफा (१) बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लंघन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ । उपदफा (३) मा दफाको उपदफा (२) बमोजिम आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।


प्रकाशित : २०७९ कार्तिक २४, बिहीबार १३:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech