लुदस, जीतपुर
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु को जितले नै देशको विकास र निकास हुने राष्ट्रिय कलाकार जोगेन्द्र पानवाल ले अभियानमा बताएका छन् ।
आज बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ को टोलीले प्रस्तुति समेत प्रस्तुत गरेको थियो ।
बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेशसभा २ (१) मा गठबन्धनका तर्फबाट काँग्रेस उम्मेदवार विक्रम सिंह थापा, को घरदैलोमा कलाकारहरुको प्रस्तुतिले थप उत्साह थपेको थियो । व्याङ्यात्मक शैलीमा कला प्रस्तुत गर्ने उनले ओली बाँ ले केटाकेटी ठगेजस्तो पुर्वपश्चिम रेल, पानीजहाज, घर घरमा ग्यासका सपना देखाएर जनता ठगेको हुदाँ यस्ता ठगबाट बच्नुपर्ने संन्देश प्रवाह गरेका थिए ।




















