ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

लुम्बिनी दर्पण २०८० मंसिर ८, शुक्रबार १४:५४

कपिलबस्तुको जगदीशपुर तालमा माछाको भुरा छाडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडिएको हो । ‘जलीय जैबिक बिबिधताको संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौ’ भन्ने नाराका सहित भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दिवसमा अवसरमा सो तालमा स्थानीय र बिकासी जातका माछाका भुरा हालेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य जगदशपुर जलासय ब्यवस्थापन बहुरोकार मन्चका अध्यक्ष ललित गुरुङ, बिज्ञ केन्द्रका प्रमुख डाक्टर प्रबेज आलम लगायतले तालमा भुरा हालेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले ब्यवसायिक माछा पालनमा कृषकहरुलाई आकर्षित गर्ने खालका कार्यत्रलम ल्याउनु पर्ने बताउनुभयो । उत्पादन गरेका माछाको बजारीकरणका लागि सरकारले पहल गर्नु पर्ने उहाँको भनाई छ । उहाँले भारतबाट अबैधरुपमा आयात हुने माछालाई रोक्न सिमा नाकामा नै कडाई गर्नु पर्ने बताउनुभयो ।
बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङले मनोरम तालमा बिज्ञ केन्द्रले माछाको भुरा हाल्नु राम्रो काम भएको बताउनुभयो । उहाँले १ सय ५७ हेक्टरमा फैलिएको तालमा ३० किलो बढीको माछा र बिभिन्न पंक्षीहरु समेत रहेको बताउनुभयो । तालमा रहेको माछालाई सरकारले ब्यवस्थापन गर्न दिनु पर्ने उहाँले जोड दिनुभयो । सिमसारको नाममा माछा मार्न नहुने भन्ने कुरा गलत भएको भन्दै माछाको ब्यवस्थापन हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बिज्ञ केन्द्रका प्रमुख आलमले माछामा प्रोटिनको मात्रा बढी पाईने, आयआर्जनको माध्यम, औषधीय गुणले भरिपुर्ण रहेको तथा पर्यटन र मनोरंजनको साधन भएकाले माछा महत्व रहेको बताउनुभयो । तालमा कमन, सिल्भर, रोहु र नैनी ढाई ढाई हजारका दरले भुरा हालिएको बिज्ञ केन्द्रका प्रमुख आलमले बताउनुभयो ।
उहाँले तालमा रहेका माछाको संरक्षण र प्रबद्र्धनका लागि भुरा हालिएको बताउनुभयो । माछाको ब्यवसायिक प्रबद्र्धन गरी आयआर्जन गर्ने कुरा नेपाल र कपिलवस्तमा प्रशस्त संभावना रहेको उहाँको भनाई छ । उहाँले देशमा ९१ हजार ८३२ र कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताउनुभयो ।
मत्स्य बिकास अधिकृत रामकेश यादवले माछा उत्पादनमा जिल्ला आत्मनिर्भर रहेको बताउनुभयो । जिल्लामा ३७ वटा ताल तलैया र ४ सय ८० हेक्टर प्राकृतिक जलासय रहेका छन । प्राकृतिक जलायसबाट जिल्लाको कुल उत्पादन मध्ये ३० प्रतिशत हिस्सा त्यहीबाट आउने गर्छ । उहाँले कपिलवस्तुलाई माछाको पकेट क्षेत्र बनाउनका लागि कृषकहरुलाई माछा पालन तर्फ आकर्षित गराई अनुदान समेत दिनु पर्ने बताउनुभयो । कार्यक्रम केन्द्रका प्रमुख आलमको अध्यक्षता र मत्स्य प्राबिधिक माधव पौडेलको संचालनमा भएको थियो ।


प्रकाशित : २०८० मंसिर ८, शुक्रबार १४:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech