लुदस , कोपवा
बाणगंगा नगरका प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले आज नगरका दुई वडाको अनुगमन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी सहित स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र प्रशासन शाखा प्रमुख केशवराज भट्राई लगाएतको टोलीले वडा नं ५ मा निर्माणको अन्तिम चरणमा पुगेको नव निर्मित वडा कार्यालय खानेपानी आयोजना , स्वास्थ्य कार्यालय लगाएको अनुगमन गर्दै वडा हरुलाई सुशासन पारदर्शिता र जवाफदेहिता बनाउन ३ वटा समिति निर्माण गरेका छ ।

जस अन्र्तगत वडा नं ५ मा वडा स्तरिय अनुगमन समिति , आन्तरिक नियन्त्रण प्रणाली समिति र राजश्व सम्पर्क व्यक्ति तोक्ने निणर्य गरेको हो ।
वडा स्तरिय अनुगमन समिति संयोजकमा बुद्धु थारु संयोजक वडाध्यक्ष दुनिका भुषाल सदस्य , मिना दर्जी , नैन कुमारी थारु , ज्ञान बहादुर थारु सदस्य रहेका छन् ।

त्यस्तै आन्तरिक नियन्त्रण प्रणालीको संयोजकमा वडाध्यक्ष दुनिका भुषाल र अन्य जनप्रतिनिधिहरु सदस्य रहनेगरि निणर्य भएको छ । त्यसैगरि राजश्व परामर्स तथा सम्पर्क व्यक्तिको रुपमा वडा सदस्य ज्ञान बहादुर कार्कीलाई संयोजकको जिम्मेवारी दिईएको छ ।
यता वडा नं ६ मा पनी अनुगमन गर्दै समिति गठन गरिएको छ । जस अन्र्तगत वडा स्तरिय अनुगमन समितिमा यम बहादुर प्यूठानी आन्तरिक नियन्त्रण प्रणाली समिति संयोजकमा वडा अध्यक्ष करुण टण्डन र राजश्व सम्पर्क व्यक्तिमा पशुपतीया थारु संयोजक रहेका छन् भने अन्य जनप्रतिनिधि सदस्यमा रहेका छन् ।
अनुगमनका क्रममा पुराना अधुरा योजना र अलपत्र योजनाका विषयमा छलफल भएको वडा सदस्य गुरु प्रसाद थारुले बताए ।




















