लुदस, कोपवा
हिमाली बचत तथा ऋण सहकारीको अध्यक्षमा दुनिका भुषाल निर्विरोध निर्वाचित भएका छन् ।
सहकारीको आज संम्पन्न १६ औ साधारण सभा तथा छैठौ अधिवेशनबाट नयां नेतृत्व चयन भएको हो । जसको सचिवमा कमल प्रसाद खनाल, सह सचिवमा लक्ष्मी कुमारी पोख्रेल, कोषाध्यक्षमा लक्ष्मण भुषाल, सदस्यमा ओम प्रसाद अधिकारी, चुरामणी आचार्य, युवराज अर्याल, राम नारायण चौधरी, गोविन्द राज शर्मा सर्वसम्वत निर्वाचित भएका हुन् । त्यस्तै लेखा समिति संयोजकमा कपिल घिमिरे, सदस्यहरुमा मधु गौतम र देवेन्द्र कुमार पोख्रेल चयन भएका हुन् ।




















