थानेश्वर अधिकारी । मानव अधिकार एलाइन्स कपिलवस्तुको सातौ बैठक मंगलबार सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न भएको छ । बैठकले बिगतको समिक्षा गरी मानव अधिकार एलाइन्स लुम्बिनी प्रदेशको यही माघ ६ गते हुने लुम्बिनी प्रदेश भेलामा कपिलवस्तु जिल्लाबाट ३ जना प्रतिनिधी पठाउने निर्णय गरेको छ । जसमा अध्यक्ष थानेश्वर अधिकारी उपाध्यक्ष रिता थापा बोहोरा र सदस्य हरि आचार्य रहेका छन् । भेलाबाट यही २०८० चैत मसान्त सम्म ८ वटा पालिकाको पालिका स्तरीय समिति गठन गर्ने निर्णय गरेको छ सो को लागी कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।
भेलाले यही २०८० साल फाल्गुन १ र २ गते काठमाण्डौमा हुन गैरहेको मानव अधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय परिषद् भेलामा कपिलवस्तु जिल्लको तर्फबाट सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी सहभागिता गराउने निर्णय गरेको छ । बैठकले मानव अधिकार एलाइन्स कपिलवस्तुको रिक्त कार्य समिति सदस्यमा हरि आचार्यलाई मनोनित गरेको छ । बैठक मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य रोमकान्त घिमिरेको प्रमुख आथित्यता, पुर्व केन्द्रिय सदस्य सुर्यकुमारी शाहीको विशिष्ट आथित्यता र सचिव पार्वती आचार्यको संचालनमा सम्पन्न भएको थियो ।




















