लुदस, लवनी
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकाको कार्यालय लबनी उपाध्यक्ष द्वारा खेलकुद समाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। खेलकुद सामाग्री यस आ.ब.०८०/०८१ मा शुद्धोधन गाउँ पालिकाको उपाध्यक्षको बार्षिक स्वीकृत समाजिक विकास तर्फ बजेट कार्यक्रम अन्तर्गत बाट दर्ता भएको युवा क्लब तथा सामुदायिक शैक्षिक संघसंस्थाहरुलाई खेलकुद समाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
खेलकुदलाई शिक्षा र युवा क्षेत्रमा जोडेर राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने,दक्ष खेलाडी र प्रशिक्षक उत्पादन गर्न खेललाई स्कुल तथा क्लब स्तरमा अनिवार्य गराउन पहल गर्ने,खेलकुदको माध्यमबाट स्थानीय तथा प्रादेशिक सम्बन्धलाई सुदृढ बनाउने,विद्यालय तथा क्लब स्तरबाटै यूवाहरुलाई खेलकुदमा संलग्न गराई खेलकुद क्षेत्रलाई संवृद्ब बनाउने आधारशीला तयार गर्ने,खेलकुद क्षेत्रमा निरन्तरता दिन नसकेका खेलाडी तथा प्रशिक्षक लगायतलाई पुनः उक्त क्षेत्रमा संलग्न गराई स्वरोजगारका अवसरहरु सिर्जना गर्ने, विद्यालय तथा क्लब स्तरबाटै यूवाहरुलाई खेलकुदमा संलग्न गराई खेलकुद क्षेत्रलाई संवृद्ब बनाउने आधारशीला तयार गर्ने, खेलकुद क्षेत्रमा निरन्तरता दिन नसकेका खेलाडी तथा विद्यार्थीहरु लगायतलाई पुनः उक्त क्षेत्रमा संलग्न गराई स्वरोजगारका अवसरहरु सिर्जना गर्ने,लुम्बिनी प्रदेशमा खेलकुदका माध्यमबाट खेल पर्यटनको विकास गर्ने उद्देश्य रहेको बताईएको छ ।
समाग्री वितरण कार्यक्रममा शुद्धोधन गाउँ पालिका उपाध्यक्ष होम प्रकाश चाैधरी,प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पाैडेल,प्रशासन शाखा प्रमुख इश्वरी प्रसाद न्याैपाने,स्वास्थ्य संयोजक अस्फाक अहमद खाँ,शुद्धोधन गाउँ पालिकाको सुनिल कुमार माली,लेखापाल जियाउरर्हमान मुसलमान, अ.लेे.पा.श्री बिप्लव बन्जाडे,युवा क्लबको पदाधिकारी,विद्यालयहरुको शिक्षक र प्रधानाध्यापक ज्यूहरुको उपस्थितिमा खेलकुद समाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।



प्रकाशित : २०८० पुष २६, बिहीबार १९:५४

















