लुदस, जितपुर
कपिलवस्तु उद्योग वाणिज्य संघको यही २३ गते हुने १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले चुनावी रौनक सुरु भएको छ ।
चुनावी रौनक बढेसँगै उद्योगी व्यवसायीको साझा प्यानल अर्थात गणेश क्षेत्री नेतृत्वको प्यानलको चुनावी कमाण्डरमा पुर्व अध्यक्ष विष्णु न्यौपानेलाई जिम्मेवारी तोकिएको छ । जसको सह कमाण्डर टोप नारायण बेल्वासे रहेका छन् ।
आगामी उद्योग बाणिज्य संघको चुनावलाई सफल पार्न १०१ सदस्य चुनाव परिचालन समिति गठन गरेको हो । त्यसैगरि पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्य अनुगमन तथा मुल्याङ्कन समिति चयन गरेको हो । जसमा वरिष्ठ समाजसेवी राजेन्द्र शाह शसिद्यर सापकोटा, नारायण प्रसाद भुषाल, शक्ति सिंह ठकुरी , रुक बहादुर भुषाल , लक्ष्मण अधिकारी, इन्दिरा तिमिल्सिना, राम पौडेल लगाएत रहेका छन् ।
कपिलवस्तुको बाणगंगा न.पा. वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष तथा युवा व्यवसायी गणेश बहादुर क्षेत्रीको साझा प्यानलमा सवै क्षेत्रका व्यावसायीहरुको साझा प्यानल रहेको छ । यस क्षेत्रका लोकप्रिय ब्यवसायीहरुको सर्वपक्षीय बैठकले क्षेत्री नेतृत्वको ब्यवसायिक साझा प्यानल घोषणा भएको हो ।
जसमा पछिल्लो समय बाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्षमा मिना पौडेल, सचिवमा राजेश तिवारी, कोषाध्यक्षमा खेम अधिकारी, सह-कोषाध्यक्षमा बसन्त कँडेलले उम्मेदवारी रहने कपिलवस्तु उद्योग बाणिज्य सघंका पूर्व अध्यक्ष तथा लोकप्रिय ब्यवसायी बिष्णु प्रसाद न्यौपानेले जानकारी दिए । त्यस्तै महिला खुला सदस्यतर्फ बिमला श्रेष्ठ र सिता पोख्रेल घिमिरेले उम्मेदवारी दिन निणर्य भएको संघका पूर्व अध्यक्ष न्यौपानेले बताए ।
यस अघि क्षेत्रीको नेतृत्वमा रहेको साझा ब्यवसायिक प्यानल बरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, एसोसियट उपाध्यक्षमा रामजी सेन, महासचिवमा नवदत्त घिमिरेलाई उम्मेदवार बनाउन निणर्य भई सकेको छ। उद्योग उपाध्यक्षका उम्मेद्वार खुमानन्द हाल संघमा बाणिज्य उपाध्यक्ष छन् भने महासचिवका उम्मेद्वार नवदत्त कार्यसमिति सदस्य छन् ।
क्षेत्री अध्यक्ष रहने साझा प्यानलको वरिष्ठ उपाध्यक्षमा व्यवसायी तथा समाजसेवी हुमनाथ पौडेलको उम्मेद्वारी रहने छ । पौडेल उद्योग वाणिज्य संघका पूर्व वाणिज्य तथा उद्योग उपाध्यक्ष समेत हुन ।
अध्यक्षका उम्मेद्वार गणेश क्षेत्री कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष तथा सल्लाहकार रही कुशलतापूर्वक कार्य गरी सकेका छन् । क्षेत्री कपिलवस्तुका वरिष्ठ समाजेवी स्व. शेरबहादुर क्षेत्रीका सुपुत्र हुन् ।
क्षेत्रीले परिवर्तनका संवाहक र समाजको समृद्धिको मेरुदण्ड युवा शक्ति नै भएको बताउँदै युवा उमेर मात्र नभएर, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोस, जाँगर र हिम्मत समेत भएकाले आफूले अध्यक्षमा उम्मद्वारी घोषणा गरेको बताएका छन् ।
आफू समाजसेवा, निवर्तमान जनप्रतिनिधिसँगै विभिन्न व्यवसायमा आबद्ध रहेकाले अहिलेको जटिल अवस्थामा आफूले सहमति र सहकार्यको लागि अन्तिम समयसम्म पनि पहल कदमी लिने क्षेत्रीले बताए ।
क्षेत्रीले कपिलवस्तु उद्योग वाणिज्य संघमा कार्ययाजना नै बनाएर व्यवसायीहरुका हक र हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्षेत्रीले आफू एक कार्यकालका लागि अध्यक्षमा उम्मेद्वारी दिन लागेकाले सहयोग, सहकार्य र सहमतिका लागि उद्योगी, व्यवसायी तथा व्यापारीहरुमा अपिल समेत गरेका छन् ।
यसैबीच संघको अध्यक्षमा युवा व्यवसायी मोहन प्रसाद न्यौपानेले पनि उम्मेद्वारी घोषणा गरेका छन् । न्यौपाने कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष तथा हालका लेखा समिति संयोजक हुन् । व्यवसायीको हितमा काम गर्न र बढ्दो युवा पलायन रोक्न काम गर्न आफ्नो उम्मेद्वारी भएको न्यौपाने बताउँछन् ।
न्यौपानेको प्यानलबाट एसोसिएट उपाध्यक्षमा युवा तथा शिक्षा क्षेत्रमा सक्रिय हिलवर्ट इंगलिस बोर्डिङ्ग स्कुलका प्रबन्धक बुद्धिराम पौडेल र वस्तुगत उपाध्यक्षमा युवा व्यवसायी काष्ठ व्यवसायी रनेन्द्र सेनले उम्मेद्वारी घोषणा गरेका छन् । संघमा करिब २१ सय सदस्य रहेका छन् । न्यौपानेले शुक्रवार एक कार्यक्रमका विच सवै सदस्य सहितको प्यानल घोषणा गर्ने बताईएको छ ।




















