ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बालज्योति इङ्गलीश बोर्डिङ्ग स्कुलद्धारा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

Lumbini Darpan 2 २०८१ चैत्र २८, बिहीबार १४:०२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ मा अवस्थित बालज्योति इङ्गलीश बोर्डिङ्ग स्कुलको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको शैक्षिक अवस्था सन्तोषजनक रहेको बताउँदै, नगरपालिकाले सामुदायिक तथा निजी दुवै विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर लागी परेकोे बताउनु भयो । नगरका विद्यार्थीहरूले देशका विभिन्न स्थानमा आफ्नो पहिचान बनाउन सफल भएको बताउदै यो नगरका लागि गौरवको कुरा रहेकोको बताउनु भयो । साथै नगर प्रमुख अर्यालले नगरको स्थानिय पाठ्यक्रमले यस क्षेत्रको विकास र पहिचानमा ठुलो टेवा पुगेको बताउनु भयो ।

विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष सरोज खनालले बालज्योति इङ्गलीश बोर्र्डिङ्ग स्कुल हरेक गतिविधिमा राम्रो रहेको बताउनु भयो । साथै उहाँले बालबालिकाको भविष्य राम्रो बनाउन अभिभावक र शिक्षकको साथ उतिकै आवश्यक रहकोमा जोड दिनु भयो । अध्यक्ष खनालले अभिभावहरुलाई घरमा बच्चाको पढाईप्रति ध्यान दिन अनुरोध गर्दै अनुशासन, समय व्यवस्थापन र सकरात्मक व्यवहारमा जोड दिन आग्रह गर्नु भयोे ।

विद्यालयका प्रधानाध्यापक सर्वेन्द्रदेव खनालले विद्यालयलले हाल सम्म गरेका उपलब्धिहरुको बारेमा जानकारी दिदै विद्यालयको गुणस्तर सुधार गर्न गरेका प्रयासहरुको बारेमा चर्चा गर्नु भएको थियो । विद्यालयले विद्यार्थीको सर्वांगीण विकासमा निरन्तर कार्य गरिरहेको उल्लेख गर्नुभयो । भाईस प्रिन्सिपल अजय पाण्डे र विद्यार्थी एलिस खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल सर्वेन्द्रदेव खनाल र विद्यार्थी दर्शन पौडेलले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै कानुङ सहकारीका अध्यक्ष झमन बहादुर सोमै, नागरिक समाजका कपिलवस्तुका पुर्व अध्यक्ष दोलखबहादुर पछाईंले आर्थिक समृद्धिको आधार पनि गुणस्तरीय शिक्षा नै भएको उल्लेख गर्दै हरेक क्षेत्रबाट शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । विद्यालयमा मात्र होइन, घरमा पनि राम्रा संस्कार र अनुशासन सिकाउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा विद्यार्थी आलोक तिवारीले बोल्दै विद्यालयले आवश्यक गुणस्तर शिक्षामा जोड दिएको बताउनु भयो । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा विद्यालयका संञ्चालक लक्ष्मण वेल्वासे, युनाइटेड नेशनल अस्पतालका अध्यक्ष मुनाराम चालिसे, विद्यालयका सञ्चालक सुन्दर आचार्य, प्याब्सन कपिलवस्तुका सचिव राजु अधिकारी, राजापानी सामुदायिक वनका अध्यक्ष सितादेवी पौडेल लागयत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, अभिभावक विद्यार्थी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

नतिजा शैक्षिक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शिक्षा, अनुशासन र मेहनतले मात्रै विद्यार्थीको भविष्य उज्यालो बनाउन सकिनेमा जोड दिएका छन् । बालज्योति इङ्गिलश बोर्डिङ्ग स्कुलमा दोस्रो सत्रको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रि बलराम अधिकारीले सरकारले गुणस्तरिय शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेकोे बताउनु भयो । साथै उहाँले बालज्योति इङ्गलीश बोर्डिङ्ग स्कुलको नतिजा जिल्लामा धेरै राम्रो रहको बताउदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो । मन्त्रि अधिकारीलाई विद्यालयले सम्मान समेत गरेको थियो ।


प्रकाशित : २०८१ चैत्र २८, बिहीबार १४:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech