ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

Lumbini Darpan 1 २०८२ माघ २८, बुधबार ०७:१२
[sharethis-inline-buttons]

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्याण्डले लगातार दोश्रो जीत निकालेका छन् । हिजो बेलुका कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर १ सय ९० रन बनायो । पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो ।

हिजो भएको अर्को खेलमा यूएईलाई १० विकेटले हराउँदै न्युजिल्यान्डले पनि लगातार दोश्रो जीत हासिल गरेको छ । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । त्यस्तै हिजोको पहिलो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ ।

टी–२० विश्वकपमा आज पनि तीन वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका नेपाली समयअनुसार बिहान सवा ११ बजे अहमदावादमा खेल्दैछन् । दोश्रो खेलमा अस्ट्रेलिया र आयरल्यान्ड दिउँसो सवा ३ बजे कोलम्बोमा तथा आजको अन्तिम खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच बेलुका सवा ७ बजे वानखेडेमा खेल्दैछन् ।

नेपालले आफ्नो दोश्रो खेल भोलि इटालीसँग खेल्दैछ । खेल मुम्बईमा रहेको वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजेपछि शुरू हुनेछ । नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । यो प्रतियोगितामा सहभागी २० वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ तारिख अर्थात् फागनु २४ गते हुनेछ ।


प्रकाशित : २०८२ माघ २८, बुधबार ०७:१२

Lumbini Darpan 1

लेखकबाट थप

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै
  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै
  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर
  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै
  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै
प्रतिक्रिया

यो पनि पढौँ

सरकारको हस्तक्षेपको कारण एन्फालाई फिफाले निलम्बन गर्‍यो: सांसद मल्ल

विश्वकपमा अब रोनाल्डो मात्र

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

रोमाञ्चक फाइनलमा राजेश स्मृति फाउण्डेसन विजेता, तेस्रो डि.वाई.सी कपको ट्रफी उचाल्यो

तेस्रो ‘डि.वाई.सी कप’ : उपाधिका लागि लभ नेपाल र राजेश स्मृति आमनेसामने

तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech