ताजा अपडेट

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

लुम्बिनी दर्पण २०८३ आश्विन १७, शनिबार १९:२२
[sharethis-inline-buttons]

लुदस, लवनी 
जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तुले शुद्धोधन गाउँपालिका–६ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालय नजिक आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत विभिन्न राजनीतिक दल परित्याग गरी एक सयभन्दा बढी कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो।

नवप्रवेशीहरूलाई जसपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेहरूको संख्या उल्लेख्य रहेको भन्दै जसपा जिल्ला नेतृत्वले पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा पार्टीप्रति आकर्षण बढिरहेको दाबी गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई तीव्रता दिएको बताउनुभयो। उहाँले शुद्धोधन गाउँपालिका–६ सहित सिंगो शुद्धोधन गाउँपालिकामा पार्टीको संगठनलाई थप मजबुत बनाउँदै अधिकांश वडामा जित निकाल्ने गरी तयारी भइरहेको दाबी गर्नुभयो।

यादवले स्थानीय तहमा जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिँदै जनतासँग प्रत्यक्ष जोडिएको संगठन निर्माणमा पार्टी केन्द्रित रहेको बताउनुभयो। उहाँका अनुसार विभिन्न दलबाट कार्यकर्ता जसपामा प्रवेश गर्ने क्रम बढेकाले संगठन विस्तारमा थप ऊर्जा मिलेको छ।

कार्यक्रममा बोल्ने जिल्ला तहका नेताहरूले शुद्धोधन–६ का वडाध्यक्ष विजयबहादुर यादवसहितका जनप्रतिनिधिको जनतामैत्री कार्यशैलीका कारण स्थानीयमा उत्साह बढेको दाबी गरे। उनीहरूले वडामा जनप्रतिनिधिले स्थानीयका समस्या समाधान तथा विकास निर्माणका विषयमा देखाएको सक्रियताले अन्य राजनीतिक दलमा आबद्ध कार्यकर्तालाई समेत पार्टी परिवर्तन गर्न प्रेरित गरेको बताएका थिए।

जसपा नेताहरूले जनप्रतिनिधिको काम र पार्टीको संगठनबीच समन्वय गर्दै स्थानीय तहमा जनताको विश्वास जित्ने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आगामी दिनमा पार्टीको संगठनलाई टोल तथा बस्तीस्तरसम्म विस्तार गर्ने र नयाँ कार्यकर्तालाई जिम्मेवारी दिएर सक्रिय बनाउने बताएका थिए।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य अब्दुर रसिद खाँन, वरिष्ठ नेता तथा शुद्धोधन गाउँपालिकाका निवर्तमान अध्यक्ष निसार अहमद खाँ, जिल्ला उपाध्यक्ष ब्रमानन्द तिवारीलगायत नेताहरूको सहभागिता थियो। नेताहरूले नवप्रवेशीलाई स्वागत गर्दै पार्टीको नीति, विचार र संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

कार्यक्रममा सहभागी नेताहरूले शुद्धोधन गाउँपालिकामा जसपाको राजनीतिक गतिविधि पछिल्लो समय बढ्दै गएको बताएका थिए। गाउँपालिकाका विभिन्न वडामा संगठन विस्तार, कार्यकर्ता भेटघाट तथा जनसम्पर्कलाई प्राथमिकतामा राखिएको उनीहरूको भनाइ थियो।

जसपा जिल्ला नेतृत्वले स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्ने रणनीतिअनुसार विभिन्न वडामा भेला तथा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। शुद्धोधन–६ को कार्यक्रमलाई पनि संगठन विस्तार अभियानकै निरन्तरताका रूपमा लिइएको छ।

यसैबीच, आइतबार कपिलवस्तुको सदरमुकाम तौलिहवामा जसपा नेपाल र लोसपाबीच प्रदेशस्तरीय संयोजन कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रमलाई दुई दलबीचको सहकार्य तथा समन्वयका विषयमा छलफल गर्ने अवसरका रूपमा लिइएको छ।

शुद्धोधन–६ मा भएको पछिल्लो पार्टी प्रवेश कार्यक्रमले जिल्लाको स्थानीय राजनीतिक गतिविधिलाई समेत थप चलायमान बनाएको छ। विभिन्न दलबाट कार्यकर्ता प्रवेश गराउने क्रमसँगै दलहरूले आगामी स्थानीय राजनीतिक समीकरण र संगठन विस्तारलाई प्राथमिकता दिन थालेका छन्।


प्रकाशित : २०८३ आश्विन १७, शनिबार १९:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
प्रतिक्रिया

यो पनि पढौँ

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

भर्खरै

  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

  • सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

  • बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

  • जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

  • पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech