


प्रकाशित : २०८३ आश्विन २१, बुधबार ११:१६
काठमाडौं । खाना पकाउने एलपी ग्यासको सिलिन्डर साटफेर गर्दा उपभोक्ताले झेल्दै आएको समस्या समाधान गर्न सरकारले देशभर एउटै प्रकारको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ।
हाल नेपालमा विभिन्न ग्यास कम्पनीका ५८ वटा ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। फरक–फरक ब्रान्डका सिलिन्डरका कारण एक कम्पनीको सिलिन्डर अर्को कम्पनीबाट साट्न नपाउने अवस्था रहेकाले उपभोक्ताले लामो समयदेखि असहजता भोग्दै आएका छन्।
सरकारले यही समस्या अन्त्य गर्न देशभर एउटै मापदण्ड र एउटै ब्रान्डको सिलिन्डर उपलब्ध गराउने अवधारणामा काम अघि बढाउन लागेको हो। नयाँ व्यवस्था लागू भएमा उपभोक्ताले जुनसुकै स्थानबाट पनि सहज रूपमा सिलिन्डर साट्न सक्ने अपेक्षा गरिएको छ।
यसबाट ग्यास वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनुका साथै सिलिन्डर अभाव तथा साटफेरसम्बन्धी झन्झटसमेत कम हुने सरकारको तयारी छ।




















लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech
