ताजा अपडेट

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

न राँकोको उज्यालो बिर्सियो, न देउसीको भाका : बाल्यकालको तिहार अझै आँखामा

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

Lumbini Darpan 2 २०८३ कार्तिक ३०, सोमबार १५:३९

हरि आचार्य, कपिलवस्तु
भगवान् गौतम बुद्धको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थल तिलौराकोटको पहिचान, इतिहास र सांस्कृतिक महत्त्वलाई प्रचारप्रसार गर्ने उद्देश्यले कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुने भएको छ ।

गौतम बुद्धले आफ्नो जीवनका २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा उहाँको बाल्यकाल र युवावस्था बितेको ऐतिहासिक स्थल तिलौराकोटको महत्त्वलाई नयाँ पुस्तामाझ परिचित गराउने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक ए एण्ड ए इभेन्ट्सले जनाएको छ ।
श्रीपेच रिसोर्टमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्थाले संगीत र मनोरञ्जनलाई ऐतिहासिक सम्पदाको प्रचारप्रसारसँग जोडेर तिलौराकोटलाई थप चर्चामा ल्याउने प्रयास गरिएको जनाएको हो । ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार तथा पर्यटन विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने आयोजकको विश्वास छ ।

कन्सर्टमा नेपाली सांगीतिक क्षेत्रको चर्चित तथा लोकप्रिय एक्सिस ब्यान्ड, चर्चित र्‍यापर भ्योमा, बसन एण्ड द क्रु तथा ग्रुभी ल्याब डान्स स्टुडियो लगायतका कलाकार तथा समूहको विशेष प्रस्तुति रहने ए एण्ड ए इभेन्ट्सका सञ्चालक अनमोल सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा संगीतप्रेमी दर्शकले विभिन्न विधाका सांगीतिक तथा नृत्य प्रस्तुतिको मनोरञ्जन लिन सक्नेछन् । कार्यक्रम सफल पार्नका लागि सिद्धिपुर युथ सोसाईटि सहयोगी संस्थाको रुपमा रहेको छ ।

आयोजकका अनुसार कार्यक्रम २०८३ सालको पुस महिनामा साँझ ४ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुने दर्शकको सहजता र सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रमस्थलबाट घरसम्म पुग्न यातायातको समेत व्यवस्था गरिने इभेन्ट म्यानेजर एलेक्स विक्रम शाहीले जानकारी दिनुभयो ।

तिलौराकोट केवल एउटा पुरातात्त्विक स्थल मात्र नभई भगवान् गौतम बुद्धको जीवन, दर्शन र इतिहाससँग जोडिएको महत्त्वपूर्ण सम्पदा पनि हो । यस्ता कार्यक्रममार्फत यस क्षेत्रको ऐतिहासिक गरिमा उजागर हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने, स्थानीय पर्यटन व्यवसायलाई प्रोत्साहन मिल्ने र कपिलवस्तुको पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संगीत, संस्कृति र इतिहासलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ ले कपिलवस्तुको सांस्कृतिक तथा पर्यटकीय प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास आयोजकले लिएको छ ।


प्रकाशित : २०८३ कार्तिक ३०, सोमबार १५:३९

Lumbini Darpan 2

लेखकबाट थप

  • कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न
  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
प्रतिक्रिया

यो पनि पढौँ

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

भर्खरै

  • कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

  • कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

  • बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

  • चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

  • छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

  • न राँकोको उज्यालो बिर्सियो, न देउसीको भाका : बाल्यकालको तिहार अझै आँखामा

  • आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech