काठमाडौँ, बैशाख ७
जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोका वैज्ञानिकहरुले ५ मिनेटमा कोभिड १९ संक्रमण भए नभएको पत्ता लगाउने प्रविधि पत्ता लगाएका छन्।जापानमा अहिले गरिँदै आएको पीसीआर परीक्षणमाको रिपोर्ट आउन धेरैमा एक घन्टा समय लाग्ने गरेको छ। यो नयाँ प्रविधि पीसीआरभन्दा फरक रहेको वैज्ञानिकहरुले बताएका छन्। स्थानीय संचार माध्यमले विशेष प्रकारको ग्लास प्लेटमा स्याम्पल राखेर परीक्षण गर्ने विधि पत्ता लगाएको उल्लेख गरेका छन्।
रिकेन युनिभर्सिटीका वरिष्ठ वैज्ञानिक रिकिया वातानेवाले नयाँ प्रविधिको सहयोगले चाँडै कोरोना भाइरसको संक्रमण पत्ता लगाउन सकिने बताए। यो प्रविधि छिट्टै अन्य स्वास्थ्य संस्थामा उपलब्ध हुने समेत उनले बताए। स्रोत पहिलो पोष्ट



















