
पोखरा, भरतपोखरी,
छैनन् मजदुरहरु सहरमा, कलकारखाना बन्द छन्
काम पाइनौं लकडाउन हुन गयो, भोकै भयम भन्दछन्
कालो कोरोनाले नीलो गगनमा उड्दैनन् जहाज पनि
छैनन् मानिस, शून्य छ सडकमा, गुड्दैनन् गाडी अनि
खाली होटेल छन्, रेस्टुरेन्टहरु सब ग्राहकबिनाका भए
लस्कर मानिसको थियो सहरमा, त्यो आज कहाँ गयो ?
हाहाकार भयो भरी जगतमा, हे भाइरस कोरोना
बिदा लेऊ पहिले, गईहाल अहिले, अर्कैतिर झर न
डर तिम्रो हुन गो, चारैतिर यहाँ अफिसहरु बन्द छन्
स्कुल बन्द भए, सबै घर गए, सुनसान भो भन्दछन्
नौलो मानिस देख्यो नजिकमा, एक मिटर टाढा गयो
डरलाग्दो रोगको स्वरुप देखेर, आफन्त अर्कै भयो ।
रोगै रैछ सरुवा, विदेशबाट झरुवा, साह्रै डरलाग्दो भय
विश्वको गणना झरेका गरदा धेरै ती स्वर्ग गए
जिउँदाको जन्ती, मर्दाको मलामी, जानै नहुने भयो
ज्यानै जोखिम गरेर जानू कसरी, साह्रै डरलाग्दो भयो
आउँला बिहानी यसै धरतीमा होला उज्ज्यालो जब
भाग्ला यो कोरोना छाडेर धर्ती, होला मजा यो तब ।

