ए देशभक्त – मन छुने कविता

[sharethis-inline-buttons]

सागर कुँवर

ए देशभक्त
नक्सा मात्र होइन यहाँ
भुमी पनि लिनुछ फिर्ता ।
भारतिय विस्तारवादी शोशकको
होइन यो विर्ता ।
लड्दै अगि बढ्ने हो ।
हटाएर विस्तारवादी सेना कालापानीबाट ।
उठ देशभक्त जुटौं एक भएर ।
हाम्रो भुमी लिन फिर्ता ।

ए देशभक्त
तिनीहरुको
महाकाली बेच्दा नदुखेको मन ।
टनकपुर बेच्दा नदुखेको मुटु ।
सुस्ता लुटिदा नझरेका आँसु ।
तिलाठी मिचिदा नदुखेको मस्तिष्क ।
कालापानीमा खेल्दा परेड ।
विस्तारवादी सेनाले ।
नदुखेका मनहरुले ।
बडो मजासङ्ग ।
हामी देशभक्त हौ भनेको बेला।
तिमी नझुकिनु ।
तिनिहरुले देश दुखेर होइन ।
आफैलाई दुखेर ।
देशभक्तको नाटक गरिरहेछन ।

ए देशभक्त ।
त्यति सजिलो र सहज छैन ।
तिम्रो स्वाभिमान जोगाउन ।
तर, जित हाम्रो अवश्यम्भावी छ ।
थाक्नु हुन्न हाम्रो भुमी लिन फिर्ता
रोक्नुहुन्न आन्दोलन दिनुपर्छ उचाई।
मृत्यु होला बरु छोड्नु हुन्न सच्चाई।

ए देशभक्त
तिमिले अब ।
वर्षाउनुपर्छ वमहरु ।
मुख्यालयमा रास्ट्रघातीको ।
फहराउनुपर्छ हाम्रो झण्डा ।
मेची देखि महाकाली सम्म ।
लिम्पियाधुरादेखी सुस्तासम्म ।
ठोकेर भन्न मिल्छ ।
बिजय हुनेछ हाम्रो ।
वर्षाएर वमहरु ।
पड्काएर बन्दुकहरु ।
विस्तारवादका खेतलाहरुको मुख्यालयमा।
रुपमा देशभक्त देखिएर ।
दक्षिणको आशिर्वाद थाप्नेहरुको क्याम्पमा।

ए देशभक्त ।
उठ, उठाउ ।
जुट, जुर्मुराउ ।
देशको माटो बोकेर ।
स्वाभिमानको कफन बेरेर।
तिम्रो भुमी फिर्ता लिन ।
नक्साले मात्र हुन्न यहाँ ।
चाहिन्छ हाम्रो भुमी ।
हाम्रो स्वाभिमान ।
हाम्रो स्वाधीनता ।
हाम्रो सार्वभौमसत्ता।


प्रकाशित : २०७७ जेष्ठ १३, मंगलवार ०३:०६