
कृष्ण अधिकारी (त्रृपक)
जब जब नदी किनाराको नजिक आएको छ
आफ्नो किनारा बढाएको छ बगर मेटाएको छ ।
उडी गएका पंछीहरु घर फर्किन चाहन्छन्
आकाश छ कि बाटो भरी तुफान पठाएको छ ।
मान्छे देखेर पत्थर पनि मुस्कुराउथ्यो होला
मान्छे बनाउने भगवानलाई नै मान्छेले बनाएको छ
जन्मनु अगाडी र मरे पछाडि के हुन्छ होला ?
प्रश्न सबैले बताए यहा उत्तर कस्ले बताएको छ ?

