सामुदायिक बन उपभोक्ता महासंघले रजत उत्सवको अवसरमा बिभिन्न कार्यक्रम गर्दे 

ByLumbini Darpan Online

१६ जेष्ठ २०७७, शुक्रबार ०८:४२ १६ जेष्ठ २०७७, शुक्रबार ०८:४२ १६ जेष्ठ २०७७, शुक्रबार ०८:४२

थानेश्वर अधिकारी,लक्ष्मणघाट ।

सामुदायिक बन उपभोक्ता महासंघले २५ बर्ष पुगेको अवसरमा बिभिन्न किसिमका कार्यक्रम गरी रजत उत्सव मनाउने जनाएको छ । महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईले आज जारी गरेको प्रेस बिज्ञप्ती मार्फत जिल्लाका सम्पुर्ण सामुदायिक वन, आम उपभोक्ता, सरकारी तथा गैरसरकारी संघ संस्था एवम् सम्पुर्ण सरोकारवालाहरुमा शुभकामना व्यक्त गर्दे बिभिन्न कार्यक्रम गर्ने जनाएका छन् ।

उनले स्थानिय महासंघ तथा वन उपभोक्ता समुहहरुलाई २५ औं स्थापना दिवशको अवसरमा जेठ १७ गते दिप प्रज्वलन , १८ गते वन तथा आ–आफ्नो घर आँगनमा बृक्षारोपण गर्न अनुरोध समेत गरेका छन् । साथै उनले कोभिड १९ को प्रकोपबाट सुरक्षित रहन वन बातावरण संरक्षणमा ध्यान पुर्याउन आम समुदायलाई अनुरोध गरेका छन् ।

पछिल्लो समय लक डाउनको मौका छोपी वन क्षेत्रमा हुने गरेका बिभिन्न किसिमका चोरी तस्करीहरुलाई नियन्त्रण गर्न सम्पुर्ण सरोकारवालाहरु लाग्नु पर्ने बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *