ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुका हरीको अर्घाखांचीका सिडियोलाई खुला पत्र

लुम्बिनी दर्पण २०७७ जेष्ठ १९, सोमबार ०५:०१
[sharethis-inline-buttons]

हरी अधिकारी

प्रमुख जिल्ला अधिकारी ज्यु नमस्कार ।

वैशाख २५ गते पहिलो पटक कपिलवस्तुमा २ जनामा कोरोना पुष्टी हुँदा अव कोरोनाले खत्तमै पार्ने होकि भन्ने लाग्यो । त्यो बेला कपिलवस्तु सहित देशभर जम्मा १ सय १ पुगेको थियो वैशाख २५ सम्म । अहिले नेपालमै सर्वाधिक संक्रमित संख्या कपिलवस्तुमै छन् । ७७ जिल्लामै सवैभन्दा बढि २ सय ७० पुगेको कपिलवस्तु हो भने नेपालमा १५ सय ६७ पुगेको छ आज जेठ १८ गते सम्म । कोरोना संक्रमितका हिसावले कपिलवस्तु उच्च छ र पनि हाम्रो लागि सामान्य बनिसक्यो ।

सिडियो साव तपाई नआत्तिन्नुस, जिल्लाकै प्रशासनिक अंगको प्रमुख जिम्मेवारीमा हुनुहुन्छ । तपाई प्रजिअ भएको जिल्ला अर्घाखाँची कपिलवस्तुको शुरुवात वैशाख २५ गतेको कोरोना संक्रमितको तथ्यांकमा हुनुहुन्छ, त्यो संख्या भनेको २ हो । यो संख्या गुणत्मक हिसावले बढ्ने वाला छ अर्घाखाँचीमा पनि । शुरुमा कडाई भएको हामीकहाँ संक्रमितको संख्या २ सय ७० पुग्दा लकडाउन खुकुलो हुदै अत्यावश्यक खाद्यान्न तथा औषधी, वैंक तथा वित्तिय संस्थाहरु नियमित संचालन गर्ने कपिलवस्तु प्रशासनले निर्णय नै गरेको छ ।

हामीबाट आत्मबल बढाउने कुरा अनुशरण गर्नुहोस, नकि डर, त्रास र भय । छिमेकी जिल्ला र जन्मस्थलको हिसावले अर्घाखाँची प्यारो मातृभूमि हो मेरो लागि । कपिलवस्तुको १० वटै स्थानीय तह र प्राय सवै वडा वडामा कोरोना पुगिसकेको छ र पनि हामी कत्ति पनि विचलित छैनौ, आत्तिएका छैनौ, मात्तिएका छैनौं ।

अझ भनौ भने तिव्र संक्रमण फैलिएको देशका भारतीय मालवाहक गाडी सिमा नाका हुदै कृष्णनगर, खुनुवा, सुठौलीबाट हाम्रो घर आगन दिनहुँ सयौं गाडी भित्रिन्छन् । हामीलाई कुनै डर छैन,त्रास छैन सावधानी हुनु पर्दछ । अब रह्यो तपाइको आजको घटनाको प्रसंग – कपिलवस्तुको तरकारी पकेट एरिया बुद्धभूमि नगरपालिका धनकौली ९जुन अर्घाखाँचीको सिमासंग जोडिएको पालिका हो ।

धनकौलीबाट गएको तरकारी सन्धिखर्कमा नष्ट भयो, त्यो पनि तपाईको निर्देशनमा भन्दा सारै दुःख लाग्यो र हाम्रो लागि खेदजनक छ ।कपिलवस्तुवासीका लागि यो अत्यन्तै पीडादायी कुरा हो । कृषि कर्म बनाएर नेपाली किसानले उत्पादन गरेको तरकारी लकडाउनका बेला नष्ट गर्नु, विभिन्न वहानामा विपत्तीका बेला कल्पना भन्दा वाहिरको कदम हो ।

तपाईलाई स्मरण गराउन चाहान्छु । लकडाउनका कारण सवारी साधन नचलेका शुरुवाती चरण देखि नै कपिलवस्तुको तरकारी नविकेर किसानको बारी बारीमा तरकारी कुहिन थालेको समाचार मिडियामा आएकै थियो ।

जिल्ला भित्रै तथा छिमेकी जिल्लाबाट कसैले पनि अत्यावश्यक तरकारी गाडीमा लिन र किसानले मोटरसाइकलमा लिएर जाने अवस्था थिएन, कडा लकडाउन थियो । यस्तो समस्याबाट गुज्रिरहेका कपिलवस्तुका किसानको बारीमा तरकारी उठाएर जिल्ला भित्र र वाहिर पठाउने कार्यमा माननीय प्रदेश सभा सदस्य विष्णु पन्थीले खेलेको भूमिका संचार माध्यममा देखेकै हो ।

त्यति बेला पनि रुपन्देही, अर्घाखाँची, पाल्पा जिल्लामा रोक लगाउने प्रसंग उठ्दा सहजीकरण गरेर प्रदेश सभा सदस्य विष्णु पन्थीको अगुवाईमा कपिलवस्तुका किसानका तरकारी बारीबाट उठे । लकडाउनको चैत्र ११ गते पछाडीका दिनदेखि साँसद पन्थीले कपिलवस्तुको तरकारी पकेट एरिया बुद्धभूमि, वाणगंगा, कपिलवस्तु, शिवराज नगरपालिकाका तरकारी विक्री वितरणको लागि प्रंशसनीय भूमिका खेलेको संचार माध्यममै छ । यो त किसानको सन्दर्भमा मात्र छ ।

अब भन्नुहोस् सिडियो साव र अर्घाखाँचीका माननीय ज्यू ः कपिलवस्तुमा कोरोना संक्रमण फैलिएको तरकारीबाट हो, कपिलवस्तुकै तरकारीबाट अर्घाखाँची र रुपन्देहीमा फैलिएको हो कोरोना ? पाल्पामा हो, कदापी होइन । कोरोना कहाँबाट भित्रिएको छ सवैलाई प्रष्टै छ ।

तरकारी नफालौं आज अर्घाखाँचीले फाले जस्तै भोली रुपन्देही, पर्सी दाङ्ग, पाल्पा, गुल्मी हुदै अन्य जिल्लाले फाल्ने प्रबृतिले एकले अर्कालाई निषेधको गोरेटो कोर्न सक्छ । समयमै करेक्सन गरौं । सतर्कता र सचेतना अपनाऔं । कोरोनाको संक्रमणबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।

हरि अधिकारी कपिलवस्तु


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०५:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech