भेषराज आचार्य (बरुण)
के पी ओलीले यो देशमा २००७ साल देखि फुटेको कम्युनिस्ट पार्टी लाई एक मात्र बनाउनु भएन सबै तहमा कम्युनिस्टको बहुमत सहितको सरकार बनाउनुभयो ,चिनसंग पारबाहन सन्धी गरेर ब्यापारको बैकल्पिक बाटो खोली दिनुभयो, भारत बाट अतिक्रमित नेपालको भुभाग फिर्ता लिन नेपालको नक़्शामा समावेश गर्न अडान सहीतको नेतृत्व लिनुभयो ,भारतबाट पेट्रोलियम पदार्थको आयात गर्न पाईप लाइन को ब्यबस्था गर्नुभयो ,भारतको नाकाबन्दीको डटेर सामना गरी नेपालको राष्ट्रीयता र स्वाभिमानलाई अझ मजबुत पार्नुभयो ।
बिश्ब जगतले देख्ने गरी नेपालको ईतिहासमा नै नभएका यी सबै काम भईसके तर यसलाई बिर्सिएर हामीले तिनै केपी ओलीको बिरोध मात्र गर्ने हो भने भोली तपाई हाम्रै पार्टिको राजनीती सकिने छ । हामीले के पी ओली नामको यो धरोहरलाई जोगाउन तिर नलागेर बिरोध मात्र गर्ने हो भने भोलीका दिनमा हामी सबै कम्युनिस्ट राजनीतीमा आस्था राख्नेहरुको अस्तित्व समाप्त हुनेछ। ईतिहास ले हामी सबैको लेखा जोखा गर्ने छ। त्यतीवेला हामीले कहाँ र कसरी जनता माझमा आफ्नो स्थान सुऱक्षित गर्न सक्छौ ? जनताले ५ बर्षे स्थाई सरकारको लागी बहुमत दिएर हामीलाई गुन लगाएका छन।
हाम्रो गौरबमय पार्टी नेकपाको अस्तित्व, नेतृत्व ,एकता र बहुमतको सरकार बचाउनको लागि हामी सबै नेता र कार्यकर्ता आ आफ्नो ठाउँमा उत्तीकै ज़िम्मेबार छौ त्यसैले हामी सबै ले आ आफ्नो तह र तप्काबाट सकरात्मक पहल गर्नुपर्दछ । हो प्रधानमन्त्रीको बिरोध गर्न पाईन्छ तर तथ्य र यथार्तताको आधारमा तथ्यहिन बिरोध गर्नु आफैमा लज्जास्पद कुरो हो।
प्रधानमन्त्रीले राष्ट्रीय सभामा बोल्दा बेसार हाम्रो स्वास्थको लागी लाभदायक छ यसमा हाम्रो शरीरलाई चाहीने औषधिय गुण रहेको छ बेसार खाँउ भन्नु भएको हो तर बिष नै खाउ भने जसरी बिरोध गरीयो । प्रत्येक नेपालीको भान्छामा बेसार प्रयोग गरीन्छ तर केपी ओली ले त्यहीकुरा भन्दा बिरोध को लागी बिरोध गरीयो। प्रधानमन्त्रीले धुलो धुबाँ बाट बच्न माक्स प्रयोग गरौ भन्नुभयो त्यसमा पनी बिरोध गरीयो। कतिपय लाई कसैले भने पछी गर्ने बानी हुन्छ । नेपालमा बिदेशी एनजिओ, आइएनजिओ हरुले करोडौ करोडौ रुपैया हात धुनु पर्छ,
सर सफा हुनु पर्छ , कुपोषण बाट बच्नु पर्छ , जुकाको दबाई नियमीत खानु पर्छ , झाडा पखाला लाग्दा जिवनजल खानु पर्छ भन्ने जस्ता मानिसका दैनीक जिबनका स साना कुराहरुमा जनचेतना जगाउन सामाजिक परीचालनको रुपमा खर्चिएका छौ त्यसो गर्दा ताली बचाउने त्यही कुरा प्रधानमन्त्री ले भन्दा गाली गर्ने यो कस्तो प्रबिर्ती हो, हाम्रो संस्कार , संस्कृति र सोच कता तिर जादै छरु यो एउटा गम्भिर प्रश्न हो।
देश कोभिड १९ को प्रकोपको माहामारी बाट गुज्रीरहेको छ यस्तोवेला प्रधानमन्त्री के पी ओली र सरकारको बिरोधको लागी बिरोध गर्ने प्रबित्तिको अन्यगरौ।हाम्रो पार्टी नेकपाको एकताको जगमा बनेको यो सरकार लाईअझ बलीयो बनाएर देश बिकास र राष्ट्र निर्माणमा जुट्नु आजको आबश्यकता हो ।हामी सबैको कर्तब्य हो। हाम्रा दुई अध्यक्ष बिच फुट होईन जुटको बाताबरण बनाउनु पर्छ। पार्टि एकता लाई अझ बढी मजबुत बनाउनु पर्छ।
भेषराज आचार्य ( बरुण )युवा नेता