ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राज्यको मुख ताकेर पन्छिने हैन, जनताकै सेवामा समर्पित छु : वडाध्यक्ष विसी

लुम्बिनी दर्पण २०७७ असार १९, शुक्रबार ०९:३०
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार १९
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) होस् वा सलह किराले वालि नालि नष्ट गरोस् तथा बाढी पहिरोले समस्या आओस् सबै भन्दा पहिला समस्या समाधान गर्ने निकाय स्थानिय तह ! त्यसमा पनि सर्वसाधारणका समस्या देख्ने र तत्काल समस्या समाधान गर्ने वडाअध्यक्ष !

यति खेर कोरोनाका कारण लकडाउन भयो मजदुरहरुले काम गर्न नपाएर छाक टार्न गाह्रो छ । भारत तथा अन्य देशमा गएर श्रम गरि परिवार पालेका युवाहरु स्वदेशमा छन् स्वदेशमा रोजगार छैन ।

देशकै ठुलो नगरपालिका अर्घाखाँचीको शितगंगा नगरपालिकामै सबैभन्दा ठुलो वडा नं. १३ का वडाअध्यक्ष दुर्गा बहादुर विसी यतिखेर वडावासीको समस्या समाधानमै लिप्त छन् ।  भौगोलिक वनावटमा विकट क्षेत्र शितगंगा १३ मा सबै वडावासीका समस्या समाधान गर्न विभिन्न चुनौतिहरुको सामना गर्दै अगाडि बढिरहेका छन् ।

वडा कार्यालय देखि आफ्नो घर पुग्न करिव १ घण्टाको बाटो हिड्नुपर्छ त्यो माथि यो बर्षाको समय त्यसैले उनी घर जाँदैनन् वडाकार्यालयमै बस्छन्, विहान ६ बजे देखिनै वडाअध्यक्ष विसी र वडा सचिव आनन्द लाल कर्ण कार्यालयको काममा व्यस्त हुन्छन् ।

त्यत्तिकैमा देउराली पारेका कविराम विसीको फोन आउँछ, उनले भन्छन् अध्यक्ष ज्यु मेरो त बारीभरिकै मकै र तरकारी वाली सलह किराले नष्ट गरिदियो भोकमरीले मरिनि भईयो, वडाबाट राहत दिनुप¥यो । चिन्ता नगर्नुस म जनताकै सेवामा छु भोकै रहन दिन्न वडाअध्यक्ष भन्छन् प्रहरी मुचुल्का उठाएर राहतका लागि सिफारिश गर्छु ।

त्यो नभन्दै फेरी डडुवा निवासी ९४ बर्षिय टेक बहादुर क्षेत्री लठ्ठीको साहारामा आउँछन् अनि भन्छन् मेरो घरमा चामल सकियो, अनि वडाअध्यक्ष विसीले भन्छन् हुन्छ म चामल घरमै पठाईदिन्छु तपाई घर जानुस् चिन्ता नगर्नुस् ।

वडा नं. १३ का देउराली पारेका नन्द बहादुर भाट, जुद्ध बहादुर भाट, हिटन टोलका बसन्त हिटन, नेटा खर्कका मान बहादुर सुशिला विसी लगायत डडुवा तथा बाहुन खर्कका गरी वडाका अधिकांश स्थानमा कृषिमै जिवन धानेका कृषकहरुको वालिनाली सलह किराले सखाप पारिसकेको छ ।

कहिले कोरोना, कहिले सलह अब झन बर्षाले गर्दा गरिव विपन्न परिवारहरुको अवस्था दयनिय छ । त्यो दुःख देख्दा जो सुकैका आँखा पनि रसाएर आउँछन् । वडाअध्यक्ष विसी भने राज्यको मुख ताकेर पन्छिनु भन्दा वडावासीका समस्या समस्या समाधानमै समय विताउँछन् ।
त्यस्तै दिनको एक पटक भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरु रहेको क्वारेन्टीनमा पुग्छन् अनि समस्या सुन्छन् ती समस्या पनि समाधान गर्छन् ।

बर्षाको समय बाटो आज बनायो भोलि उस्तै हुन्छ, कोहि बिरामी भयो भने बाटोका कारण विरामीको छिटो उपचार हुन सक्दैन त्यसमा आफु चनाखो भएकोे उनी बताउँछन् । वडाकार्यालयमा प्रवेश गरेपछि समस्या राख्नेको भिड लाग्छ अनि सबैको एक एक गरेर समस्या सुन्छन् सबैका समस्याको समाधान तर्फ लाग्छन् वडाअध्यक्ष विसी ।

वडावासीका समस्या प्रत्यक्ष समाधान गर्न धेरै चुनौतीहरु छन् तर पनि वडावासीलाई आधारभुत आवश्यकतामा कमि हुन नदिने वडाअध्यक्ष विसीले प्रतिवद्धता व्यक्त गरे ।


प्रकाशित : २०७७ असार १९, शुक्रबार ०९:३०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

जीवनका निर्णय

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech