Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

लक्ष्मणघाट बोलबमधाम परिसरमा फुलका बिरुवा रोपियो

थानेश्वर अधिकारी ,जितपुर ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वार्ड नं ६ मा रहेको धार्मिक तथा ऐतिहासिक तिर्थ स्थल लक्ष्मणघाटमा बोलबमधाम परिसरमा आज बृक्षारोपण गरिएको छ । बोलबमधाम विकास समिति र लक्ष्मणघाट सामाजिक विकास केन्द्रको संयुक्त आयोजनामा बोलबमधाम सुन्दरीकरण गर्नका लागी परिसर वरिपरी बिभिन्न प्रजातीका फुलका बिरुवा लगाइएको बोलबमधाम विकास समितका अध्यक्ष रन बहादुर काउचाले बताएका छन् ।

रुद्राक्ष, बोटलपाम, ग्रिन जाइपस, ब्लु पाई, कामिनो सो प्लान्ट, बुसी धुपी, मयुर पंखी धुपी, एरिका पाम, श्रीखण्ड लगायतका करिव ५० वटा फुलहरु रोपिएको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कोषाध्यक्ष सन्दिप न्यौपाने जानकारी दिएका छन् । बोलबमधाममा निर्माण गरिएको शिवमन्दिर, राम मन्दिर, मनकामना मन्दिर, सुपादेउराली मन्दिर, हनुमान मन्दिर ,शिव मुर्ति, १०८ शिवलिङ्ग, लक्ष्मणपार्कले गर्दा भक्तजन तथा पर्यटकहरुका लागी आकर्षणको केन्द्र बनेको संस्थाका सदस्य अन्जित खनालले जानकारी दिएका छन् ।

आजको बृक्षारोपण कार्यक्रममा बोलबमधाम विकास समिति तथा लक्ष्मणघाट सामाजिक विकास केन्द्रका अध्यक्ष रन बहादुर काउचा, सचिव प्रकाश भुसाल, सह सचिव पुरुषोत्तम भुसाल, कोषाध्यक्ष तुल्सी थापा, सदस्य गोविन्द पौडेल, ओम बहादुर केसी., बाबुराम बस्नेत, इन्द्र बहादुर खत्री लक्ष्मणघाट साुमदायिक बनका अध्यक्ष हुमनाथ भट्टराइ, लक्ष्मणघाट सामाजिक विकास केन्द्रका सचिव थानेश्वर अधिकारी, सह सचिव सरिता थारु,कोषाध्यक्ष सन्दिप न्यौपाने, सदस्य अन्जित खनाल, भोजराज बञ्जाडे, सागर पौडेल लौगाइ क्याम्पसका प्रध्यापक नन्दु खनाल,बलजित भट्टराई, हेमन्त पाण्डे, जिवन काउचा, दिपक बेल्वासे लगायतको उपस्थिति रहेको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका सदस्य भोजराज बञ्जाडेले जानकारी दिएका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *