ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सम्झनाको तरेलीमा मेरो बाल्यकालको साथी

लुम्बिनी दर्पण २०७७ श्रावण १२, सोमबार १७:३२
[sharethis-inline-buttons]

शान्ति थापा ।
निलो जामा त्यस्तै आकाशे कलरको सर्टमा बिहानै स्कुल लाग्नु भन्दा एक घन्टा अगाडि नै पुग्थि मेरो घरमा। म पनि उनीहरुले भनेपछि खाना खानै लागेको भएपनि त्यति खाना मै अघाएर हतार हतारमा स्कुल ड्रेस लगाउथे र दगुर्थे उ सँगै स्कुल। ३० मिनेटको बाटो हामी एक घन्टा लगाएर स्कुल पुग्थ्यौ। सधै एउटै बेन्च एउटै साईडको सिट। हामिले होमवर्क पूरा नगरेको दिन त खासै हुदैन्थ्यो, कहिलेकाहि उसले पूरा नगरेको भएपनि शिक्षकले अरु साथीको कपि चेक गरेर सकुन्जेल सम्म लेखेर सकाईदिन्थे।

सानो झोला,झोलामा जहिल्यै रोटि अनि केहि खानेकुराहरु हुन्थ्यो रोटि हाल्फटाईम सम्म मडारिएर कच्याककुचुक भएको हुन्थ्यो तर पनि उ र हामी सबै साथिहरु मिलिजुलि मिठो मानीमानी खान्थ्यौ। हामी कहिले पनि क्लास ब्रेक चाहिँ गरेनौ तर ब्रेक टाईममा गट्टा चुङगि खेल्दाखेल्दै घन्टी लागीसक्दा पनि कक्षामा समयमै नपुग्दा मिसको हातबाट कुटाई खाएको, शरीर हल्का दुख्थ्यो तर मन कहिल्यै दुखेन, त्यो कुटाईले फरक नै पर्दैन्थ्यो। कसैले मलाई केही भन्दा सायद उसको मन दुख्थ्यो होला र उ मलाई केही भन्नेहरुलाई पिट्न गईहाल्थि।

समयको नियती गतिशलिता हो समय व्यक्तितको आडसँगै आज निकै बर्ष भईसकेछ उसको हातले मेरो कपाल नबाटेको। निकै बर्ष भईसक्यो मेरो घरमा आएर जाउ हिड स्कुल नभनेको पनि । उ बेला हामी दगुर्दै जाने घरनिरको बाटोमा अहिले कोहि बच्चाहरु दगुरिरहेको देख्दा पनी मन दगुरेर बिगतमा गईदिन्छ साथि फेरि फेरि हामी सङ्गै हास्न खेल्न त नसकौला तर यादहरु अझै पनि मेरा मन मष्तिस्कका ताजै सल्वलाइरहेका छन। मेरो याद आयो भने मलाई सम्झेर हासिदिनु है। साथि सम्झिन्छ यो मनले बिगतलाई अनि सम्झिन्छ यो मनले तिमिहरुलाई । याद आउँछ साथि निकै त्यो बितेका पलहरुको बहकिन्छ यो मन र त बहकिएको मन आँखा बाट श्रद्धाका आँसु बनेर खस्छ।

छुट्टिको दिनमा शिशिर खोलामा पौडि खेल्न र माछा मार्न अनि सँगै गोठालो गएको सिजनको बेला बनमा निउरो गिठा कटुस,बन काफल खोज्न गएको त्यो रमाईलो पलहरुलाई सम्झिदा पनि आज झै लाग्छ तर त्यो सबै वितेका पल यादहरुमा मात्रै सिमित छ साथी। अनि स्कुलमा सामाजिक पढाउने अर्जुन कोईराला सरले हामिलाई सोधेको ठुलो भएपछि के बन्ने मन छ नि ? हामी दुईटैले मुस्कुराउदै भनेका थियौ (डाक्टर। तर साथि एकचोटि सोचेको कुरा फेरि बन्न र साकार हुन्थ्यो भने मलाई सबै कुरा त्यागेर फेरि एकचोटि बचपनमा फर्किन मन छ।अनि जान मन छ त्यहि निलो जामामा स्कुल तर साथि समयले र गन्तव्यले हामिलाई धेरै टाढा पुगाईसकेछ जहाँ बाट हामि मोडिएर पछाडि कसै गरेपनि जान सक्दैनौ। सानो हुदा सबैले सोध्नुहुन्थ्यो नानि सबैभन्दा गाह्रो काम के हो ? मैले उ बेला सजिलै उत्तर दिन्थे होमवर्क गर्न । मलाई के था, सबैभन्दा गाह्रो काम रहेछ बिगतलाई बिर्सन ।

साथि अहिले म उहि पुरानो यादहरु सम्झिएर दिन बिताईरहेको छु, साँच्चै कति रमाईलो थियो हाम्रो बचपन। हामी गट्टा खेल्ने चौतारीमा लुकामारि खेल्ने डाँडा काँडाहरु सबै ठाउँ ति मिठा गफहरु सबै मानसपटलमा फिल्मी रिल झै घुमिरहन्छ साथि। निकै सम्झेको छु तिम्लाई मेरो प्यारो बाल्यकालको साथि ।।।


प्रकाशित : २०७७ श्रावण १२, सोमबार १७:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech