सम्झनाको तरेलीमा मेरो बाल्यकालको साथी

शान्ति थापा ।
निलो जामा त्यस्तै आकाशे कलरको सर्टमा बिहानै स्कुल लाग्नु भन्दा एक घन्टा अगाडि नै पुग्थि मेरो घरमा। म पनि उनीहरुले भनेपछि खाना खानै लागेको भएपनि त्यति खाना मै अघाएर हतार हतारमा स्कुल ड्रेस लगाउथे र दगुर्थे उ सँगै स्कुल। ३० मिनेटको बाटो हामी एक घन्टा लगाएर स्कुल पुग्थ्यौ। सधै एउटै बेन्च एउटै साईडको सिट। हामिले होमवर्क पूरा नगरेको दिन त खासै हुदैन्थ्यो, कहिलेकाहि उसले पूरा नगरेको भएपनि शिक्षकले अरु साथीको कपि चेक गरेर सकुन्जेल सम्म लेखेर सकाईदिन्थे।

सानो झोला,झोलामा जहिल्यै रोटि अनि केहि खानेकुराहरु हुन्थ्यो रोटि हाल्फटाईम सम्म मडारिएर कच्याककुचुक भएको हुन्थ्यो तर पनि उ र हामी सबै साथिहरु मिलिजुलि मिठो मानीमानी खान्थ्यौ। हामी कहिले पनि क्लास ब्रेक चाहिँ गरेनौ तर ब्रेक टाईममा गट्टा चुङगि खेल्दाखेल्दै घन्टी लागीसक्दा पनि कक्षामा समयमै नपुग्दा मिसको हातबाट कुटाई खाएको, शरीर हल्का दुख्थ्यो तर मन कहिल्यै दुखेन, त्यो कुटाईले फरक नै पर्दैन्थ्यो। कसैले मलाई केही भन्दा सायद उसको मन दुख्थ्यो होला र उ मलाई केही भन्नेहरुलाई पिट्न गईहाल्थि।

समयको नियती गतिशलिता हो समय व्यक्तितको आडसँगै आज निकै बर्ष भईसकेछ उसको हातले मेरो कपाल नबाटेको। निकै बर्ष भईसक्यो मेरो घरमा आएर जाउ हिड स्कुल नभनेको पनि । उ बेला हामी दगुर्दै जाने घरनिरको बाटोमा अहिले कोहि बच्चाहरु दगुरिरहेको देख्दा पनी मन दगुरेर बिगतमा गईदिन्छ साथि फेरि फेरि हामी सङ्गै हास्न खेल्न त नसकौला तर यादहरु अझै पनि मेरा मन मष्तिस्कका ताजै सल्वलाइरहेका छन। मेरो याद आयो भने मलाई सम्झेर हासिदिनु है। साथि सम्झिन्छ यो मनले बिगतलाई अनि सम्झिन्छ यो मनले तिमिहरुलाई । याद आउँछ साथि निकै त्यो बितेका पलहरुको बहकिन्छ यो मन र त बहकिएको मन आँखा बाट श्रद्धाका आँसु बनेर खस्छ।

छुट्टिको दिनमा शिशिर खोलामा पौडि खेल्न र माछा मार्न अनि सँगै गोठालो गएको सिजनको बेला बनमा निउरो गिठा कटुस,बन काफल खोज्न गएको त्यो रमाईलो पलहरुलाई सम्झिदा पनि आज झै लाग्छ तर त्यो सबै वितेका पल यादहरुमा मात्रै सिमित छ साथी। अनि स्कुलमा सामाजिक पढाउने अर्जुन कोईराला सरले हामिलाई सोधेको ठुलो भएपछि के बन्ने मन छ नि ? हामी दुईटैले मुस्कुराउदै भनेका थियौ (डाक्टर। तर साथि एकचोटि सोचेको कुरा फेरि बन्न र साकार हुन्थ्यो भने मलाई सबै कुरा त्यागेर फेरि एकचोटि बचपनमा फर्किन मन छ।अनि जान मन छ त्यहि निलो जामामा स्कुल तर साथि समयले र गन्तव्यले हामिलाई धेरै टाढा पुगाईसकेछ जहाँ बाट हामि मोडिएर पछाडि कसै गरेपनि जान सक्दैनौ। सानो हुदा सबैले सोध्नुहुन्थ्यो नानि सबैभन्दा गाह्रो काम के हो ? मैले उ बेला सजिलै उत्तर दिन्थे होमवर्क गर्न । मलाई के था, सबैभन्दा गाह्रो काम रहेछ बिगतलाई बिर्सन ।

साथि अहिले म उहि पुरानो यादहरु सम्झिएर दिन बिताईरहेको छु, साँच्चै कति रमाईलो थियो हाम्रो बचपन। हामी गट्टा खेल्ने चौतारीमा लुकामारि खेल्ने डाँडा काँडाहरु सबै ठाउँ ति मिठा गफहरु सबै मानसपटलमा फिल्मी रिल झै घुमिरहन्छ साथि। निकै सम्झेको छु तिम्लाई मेरो प्यारो बाल्यकालको साथि ।।।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *