ताजा अपडेट

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नक्कली कपिलवस्तु बनाए वापत , मोदीले माफी माग्नुपर्छ,

लुम्बिनी दर्पण २०७७ श्रावण २६, सोमबार ०९:२६
[sharethis-inline-buttons]

भेषराज आचार्य (बरुण) 

विश्वजगतमा कुनै पनि देश सानो वा ठूलो हुन सक्छ । त्यो देशको जनसंख्याको आधार, साधनस्रोतको आधारमा, भूगोलको आधारमा । तर राष्ट्रियता, स्वाभिमान, अखण्डताको आधारमा सबै देश बराबर हैसियतका हुन्छन् । ठूलो सानो भन्ने नै हुँदैन । नेपाल र भारतको सम्वन्धमा कुरा गर्दा नेपाल सानो भाइ र भारत ठूलो भाइ कदापी हुन सक्दैन ।

नेपाल र भारत दुई भिन्न तर स्वतन्त्र सार्वभौम मुुलुक हुन् । अझ गहिरिएर इतिहास हेर्ने हो भने व्रिटिश उपनिवेशबाट भारत ग्रसित हुँदा नेपाल स्वतन्त्र थियो । नेपालले कुनै पनि शक्तिशाली राष्ट्रको उपनिवेशिकताभित्र कहिल्यै रहनु परेन । चाणक्णले त्यतिवेला पनि नेपाल राज्यको चर्चा चलाएका छन् । अनि केको ठूलो दाइ र सानो भाइ ?

यस्तै विचार प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा राख्दै गर्दा नेपालभित्रकै बुद्धिजीवीहरुले उहाँको निकै विरोध गर्ने गरेको देखिन्छ । तर जति विरोध गरेपनि ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ । मैले बेलाबेलामा भन्दै आएको छु, राष्ट्रियताको सवालमा केपी शर्मा ओलीले लिएको अडान आजसम्म मरिचमान पछि यो देशमा कसैले पनि लिन सकेको छैन । भविष्यमा पनि लिने छैनन् ।

चाहे त्यो नेपालको संविधान जारी गर्ने सम्वन्धमा होस्, चाहे त्यो भारतको नाकाबन्दीको बेला डेटेर सामना गर्ने सम्वन्धमा होस्, चाहे त्यो लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनी नेपालको निशाना छापमा नक्सा समावेश गर्ने सम्वन्धमा होस्, चाहे त्यो महामानव गौतमवुद्ध नेपालमा जन्मिएको विषयलाई टुँडिखेलबाट बेलाबेलामा उद्घोष गर्ने विषयमा होस् । तर मैले यसो भन्दै गर्दा राष्ट्रियताको भावना जनतामा ल्याइदिएको भने केपी शर्मा ओलीले होइन । राष्ट्रियताको भावनालाई केपी ओलीले जगाइदिनु भएको हो ।

राष्ट्रिय भावना, राष्ट्रप्रेम नेपालीको राष्ट्रिय चरित्र हो । राष्ट्रियता र स्वाभिमानको लागि सदियौदेखि हजारौ नेपालीले वेलावखतमा परिआउँदा जीवनको आहुति दिँदै आएका छन् । तर अहिले त्यही नेपालीको राष्ट्रिय चरित्र सुसुप्त अवस्थामा लुकेर, दबेर बसेको छ । त्यसरी लुकेर र दबेर बसेको नेपालीहरुको राष्ट्रिय चरित्रहरुलाई जगाइदिने काम केपी ओलीले गर्नु भयो । केपी शर्मा ओलीले हामी नेपालीहरुको राष्ट्रियताको भावनालाई अझ मजवुत बनाइदिनु भयो । त्यसका लागि हामी सबैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुको साटो उहाँको आत्मविश्वास र सफलताप्रति डाहा र विरोध मात्र गर्ने हाम्रो प्रवृत्तिले प्रधानमन्त्री केपी ओलीलाई कुनै घाटा हुँदैन । घाटा त यो मुलुकलाई हुन्छ । हामी नेपालीलाई हुन्छ । हाम्रो सिंगो पार्टी नेकपालाई हुन्छ ।

२०७ औं भानु जयन्तीका अवसरमा प्रधानमन्त्रीले भन्न खोन्नु भएको थियो, त्यो बेला रामसँग पुष्पक विमान थिएन, रावणसँग थियो । राम जन्ती लिएर रथ चढेर अयोध्याबाट जनकपुर आएका थिए । उक्त कुरा रामायणमा वर्णन गरिएको छ । त्यसरी एकैदिनमा अहिलेको भारतमा रहेको अयोध्याबाट रथ चढेर जनकपुर आउन कसरी सम्भव थियो होला त ? अर्को कुरा रामले सीतालाई परित्याग गरेपछि भाइ लक्ष्मणले सीतालाई हाम्रो त्रिवेणीमा अवस्थित बाल्मिकी आश्रम पुर्याएर साँझ फर्किएको कुरा पनि रामायणमा वर्णन गरिएको छ ।
अहिलेको भारतमा रहेको अयोध्याबाट एकै दिनमा त्रिवेणीको बाल्मिक आश्रम आएर फर्किन सक्ने अवस्था देखिदैन । त्यसैले नेपालको चितवनमा परापूर्वकालदेखि माडीमा अयोध्यापुरी रहेको छ ।

त्यहाँ भगवान राम जन्मिएको किम्दन्ती र मूर्तिहरु सहितको केही प्रमाणहरु पनि रहेका छन् । त्यसैले चितवनको अयोध्यापुरी, जनकपुर र त्रिवेणीको बाल्मिकी आश्रम एकआपसमा नजिकनजिकको दुरीमा रहेकोले रामको जन्म त्यही भएको हुनुपर्छ, यो एउटा खोजको विषय हो भनेर फरक तरिकाले प्रधानमन्त्रीले उक्त विषयको विश्लेषण गर्दा कतिपय नेपाली राजनीतिज्ञ र भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीको व्यापक विरोध गर्दै भारत समक्ष उहाँले माफी समेत माग्नुपर्छ भनिरहेका छन् ।

किन प्रधानमन्त्री ओलीले भारतसँग माफी माग्ने ? आफ्नो देशको धर्म, संस्कृतिको अतिक्रमण भएको विषयमा बोल्दा वा कालापानी लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर भारतबाट अतिक्रमित भूमि फिर्ता गर्न लागेकोले ? वास्तवमा माफी त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माग्नु पर्छ । किनकि भारतले वेलावेलामा शान्तिका दूत, महामानव गौतम वुद्धको जन्मस्थल लुम्विनी हाम्रो हो भन्छ ।

त्यति मात्र नभई मेरो जन्म जिल्ला कपिलवस्तुको चाकडचौडा बोडरबाट मात्र ४ किलोमिटर टाढा अलिगढवा भन्ने ठाउँमा भारतले नक्कली कपिलवस्तु बनाइ राजा शुद्धोधनको दरवार नेपालको तिलौराकोटमा नभई यही भएको थियो भनिरहेको छ । नेपालको प्राचीन दरबार जस्तै नक्कली दरबार बनाएर भारतले बुद्धको जन्मस्थल यही हो भनिरहेको छ । गौतम वुद्धले २९ वर्ष विताएको स्थल तिलौराकोट यही हो भनी झुठो प्रचारप्रसार गरिरहेको सर्वविदितै छ ।

विभिन्न वुद्धग्रन्थ, युनेस्को लगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान र उत्खनन, अशोक स्तम्भ, शिलालेख र भारतकै पुरातत्वविद् पीसी मुखर्जीहरुले नेपालको कपिलवस्तुमा अवस्थित आजको तिलौराकोट नै बुद्धका बाबु राजा शुद्धोधनको दरबार हो भन्ने कुरा प्रमाणित गरिदिएको कुरा विश्वजगतमै घाम जस्तै छर्लङ्ग छ । तर पनि भारतले विना तथ्य र प्रमाणको आधारमा कपिलवस्तु आफ्नै देशमा रहेको र वुद्ध यही जन्मिएको झुटो प्रचारलाई निरन्तरता दिइरहेको छ । त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा बेलावखतमा शान्तिका अग्रदूत भगवान गौतम वुद्धको देश भारत हो भन्दै हामीले संसारलाई बुद्ध दिएका छौं भन्दै विश्वजगतलाई भ्रम फैल्याउने काम गर्ने गरेका छन् ।

यसरी हेर्दा भारतले नक्कली कपिलवस्तु बनाइ बुद्ध सम्वन्धी झुटो कुप्रचार गर्दछ भने हामीले विभिन्न तथ्य घटना, समय, काल र प्रमाणहरुका आधारमा त्यो बेलाको वीरगञ्ज पछाडि ठोरीमा रहेको अयोध्या हाम्रो नेपाली भूभागमा पर्छ भनेर सम्मानीय प्रधानमन्त्रीज्यूले सामान्य तर्क मात्र गर्दा किन भारतीय मिडियाहरुमा यति धेरै स्याल हुँइया गर्ने ? कि हाम्रै देशका बुद्धिजीवीवर्गहरु प्रधानमन्त्रीको विरोधमा बुरुकबुरुक उफ्रिने ?
म त भन्छु, भारत तिमीले नक्कली कपिलवस्तु बनाएर संसारको आँखामा छारो हाल्न खोजेकोले हालको अयोध्या पनि नक्कली हो भन्नेमा हामीलाई भित्रभित्रै शंका उत्पन्न भएको छ । साथै भारत तिमीले मेरो जन्मजिल्ला कपिलवस्तुलाई भारतमा नक्कली कपिलवस्तु र तिलौराकोट बनाएको म स्थानीयवासी भएको हैसियतले मेरो हृदयमा असैय पीडा खेपिरहेको छु ।

अन्त्यमा, राजा शुद्धोधनको दरवार रहेको प्राचीन कपिलवस्तु र वुद्धलाई छलकपट गर्न नक्कली कपिलवस्तु बनाइयो । हाम्रो त्रिवेणीमा रहेको बाल्मिकी आश्रमको पारिपट्टी भारतमा बाल्मिकी नगर बनाइयो । त्यसैले पहिले साकेत रहेको हालको भारतको अयोध्या पनि नक्कली हुन सक्छ भन्ने हामीले शंका गर्न सक्ने ठाउँ रहन्छ ।

वास्वतमै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भने झै हामी नेपालीहरु भौगोलिक मात्र होइन, धार्मिक र सांस्कृतिक रुपमा पनि भारतबाट अतिक्रमित भएका छौं । त्यसैले माफी नरेन्द्र मोदीले नेपाल र नेपाली समक्ष माग्नु पर्दछ ।
(लेखक : युवा नेता तथा मानवशास्त्री हुन्)


प्रकाशित : २०७७ श्रावण २६, सोमबार ०९:२६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

फेसबुकमा अलविदा लेखेर सम्पर्कविहीन बने डाक्टर श्रेष्ठ, खोजीमा प्रहरी

‘राजनीतिमा युवा सहभागिता, अवसर र चुनौतीहरु’

उद्योग बाणिज्य संघको अध्यक्षमा न्यौपानेको बलियो आधार तयार, यस्ता छन् एजेन्डा

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

सुनको मूल्य तोलामा सात सय घट्यो

राष्ट्रियसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदै

माइतीघरबाट गोविन्द केसीसहित ७ जना प्रहरी नियन्त्रणमा

बालविवाह गर्ने बेहुला र पण्डित दाङबाट पक्राउ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश

हेल्पर केयरिङ सर्कल आयोजनामा नेतृत्व विकासको तालिम कार्यक्रम सम्पन्न

भर्खरै

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech