बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

भेषराज आचार्य( बरुण)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तराष्ट्रीय सभा सम्मेलनहरुमा हामीले विश्वलाई बुद्ध दिएका छौ भनी गलत प्रचार गर्ने गर्छन , फेरी अहिले आएर भारतका बिदेश मन्त्री यस .शंकरले बुद्ध भारतको नागरीक हुन भनी कु प्रचार गर्ने गरेका छन।
यस बिषयको बिरोधमा हाम्रा नेपालका नेताहरु एक शब्द पनी बोल्दैन् र यो सफेद झुटको बिरोध पनि गर्देनन् तर आफ्नो देशको प्रधानमन्त्री, आफ्नो पार्टीको प्रधानमन्त्री के पी शर्मा ओलीले बिभिन्न तथ्य प्रमाणको आधारमा भगबान रामको जन्म नेपालमा अबस्थीत अयोध्यामा भएको हुनु पर्छ भनी तर्क मात्र पेश गर्दा हाम्रै नेपालका नेताहरु हाम्रै पार्टीका नेताहरुले प्रधानमन्त्री केपी ओलीको घोर बिरोध गर्छन र प्रधानमन्त्रीओली ले भारत समक्ष माफी माग्नु पर्छ भन्दछन । माफी मोदीले माग्नु पर्छ नक्कली कपिलवस्तु भारतमा बनाएर बुद्ध बारे बिश्व जगतमा कु प्रचार प्रसार गरे बापत ।

विश्वजगतमा कुनै पनि देश सानो वा ठूलो हुन सक्छ । त्यो देशको जनसंख्याको आधार, साधनस्रोतको आधारमा, भूगोलको आधारमा । तर राष्ट्रियता, स्वाभिमान, अखण्डताको आधारमा सबै देश बराबर हैसियतका हुन्छन् । ठूलो सानो भन्ने नै हुँदैन । नेपाल र भारतको सम्वन्धमा कुरा गर्दा नेपाल सानो भाइ र भारत ठूलो भाइ कदापी हुन सक्दैन ।

नेपाल र भारत दुई भिन्न तर स्वतन्त्र सार्वभौम मुुलुक हुन् । अझ गहिरिएर इतिहास हेर्ने हो भने व्रिटिश उपनिवेशबाट भारत ग्रसित हुँदा नेपाल स्वतन्त्र थियो । नेपालले कुनै पनि शक्तिशाली राष्ट्रको उपनिवेशिकताभित्र कहिल्यै रहनु परेन । चाणक्णले त्यतिवेला पनि नेपाल राज्यको चर्चा चलाएका छन् । अनि केको ठूलो दाइ र सानो भाइ ?


प्रकाशित : २०७७ श्रावण २६, सोमबार १०:२४