आयोनद्धारा प्रदेश तहमा युवा सहभागिता बिषयक भर्चुअल संवाद सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी ,कपिलवस्तु ।
युवाहरुको छाता संगठन नेपाल युवा संस्था संञ्जाल( आयोन) को आयोजनामा आज प्रदेश तहमा युवा सहभागिता बिषय प्रदेश स्तरीय भर्चुअल संवाद सम्पन्न भएको छ ।

युएसएआईडी, आइएफइएसको सहयोग तथा नेपाल युवा संस्था सञ्जाल ( आयोन) को आयोजनामा र सामाजिक परिवर्तनका लागी युवा अभियान कपिलवस्तुको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

यस बर्षको अन्र्तराष्ट्रिय युवा दिवशको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा स्थानिय तथा प्रदेश तहमा युवाको सहभागिताको अवस्था, युवामैत्री बजेट, राज्यका हरेक निकायमा युवाको अर्थपुर्ण र सार्थक सहभागिताको अवस्था, युवा स्वरोजगार, युवा उद्यमशिलता र प्राथमिकताका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय अध्यक्ष पोम नारायण पौडेलले युवा भविश्यका कर्णदार मात्र नभइ बर्तमानका साझेदार पनी भएकाले राज्यले निति निर्माण र निर्णाक तहमा युवाहरुलाई अर्थपुर्ण सहभागिता गराउनु पर्नेमा जोड दिएका छन् ।

यसै गरी बाणगंगा नगरकार्यपालिका सदस्य गीता भुसालले वाड तथा वाणगंगा नगरपालिकाले संचालन गरेको युवा लक्षित कार्यक्रमबारे जानकारी गराएकी छन् । यसै गरी युवा नेता बाबुराम अर्यालले युवाहरु देश विकासको मेरुदण्ड भएको र देशको विकासको आमुल परिवर्तनका लागी युवाहरुको सम्मानजनक सहभागिता आवश्यक रहेको बताए । कार्यक्रममा सुदिप अधिकारी, आशिष चुँदाली, सागर पौडेल, हरी आचार्य, संगिता भुसाल, अंजित खनाल, सरिता थारु, भोजराज बञ्जाडे लगायतले अतिथि बक्ता समक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा अथिति बक्ताका रुपमा प्रदेश नं ५ का प्रदेश सभा सदस्य बिष्णु पंथी, मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेल, बाणगंगा नगरकार्यपालिका सदस्य गीता भुसाल र युवा नेता बाबुराम अर्यालले सहभागीबाट आएका सवाल तथा जिज्ञासाका बारेमा प्रस्ट पारेका थिए । युवा अभियान्ता दिपा महतको सहजीकरणमा सम्पन्न कार्यक्रममा पाल्पा, कपिलवस्तु, अर्घाखाँची, रुपन्देहीका युवाहरुको सहभागिता रहेको थियो ।

यसै गरी आयोनले यस अघि पनी बिभिन्न क्षेत्रका युवाहरु, स्थानिय तह र प्रदेशसभा सदस्यहरुसँग फरक फरक बिषयबस्तुमा केन्द्रित रही बहस तथा छलफल कार्यक्रम गरेको थियो ।


प्रकाशित : २०७७ श्रावण ३१, शनिबार ०८:४४