मुक्तक

लेखनाथ घिमिरे ,कपिलवस्तु ।

आउन त आयो सलह आयो
जन आशा विकासको कलह आयो
आर्थिक ढाढ त भाँचिदियो कोरोनाले
अब भोकमरीको लागि सलह आयो ।
कोरोनाले मन्त्री देखि कर्मचारी मोटायो ।
अब फेरी विदेशीले सलह पठायो ।।

मोटाऊ जत्ति कुम्लिनु छ आखिर जनता भोकै छन् ।
जेनतेन खेती गरेका हात मुख जोड्न त्यहाँ पनि सलह पठायो ।।
चाइनाको कोरोना अफ्रिकी मूलको सलह ।
अमेरिकाको एम सि सि कति बढायो कलह ।।
भारतको त के कुरा नदि थुन्ने र पिल्लर सार्ने गरेकै छ
मिलाउन बाहाना मुठाको बण्डा मिल्दैन अनि कलह ।।

हे आराध्यदेव पशुपति
नेता सबैमा छर सदबुद्दि
तनमन गाँठमा होइन देशभक्तिमा लगाऊ
नगराऊ देश र जनताको अधोगति ।।
सांसदको जम्बो टिमको के अर्थ ह्वात्तै घटाऊ
देशका सबै युवाहरू रोजगारमा खटाऊ ।
उध्योग कलकारखाना अनगिन्ती खोल
देश समृद्ध होला अनि बल्ल नेता मोटाऊ ।।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *