मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

बहकिएका मन

निस्ता थापा ।

भनिन्छ मानिस परिस्थितिको दास हो मानिस समय र परिस्थिति अनुसार चल्नुपर्छ । समयको नियति गतिशिलता हो समय र समुन्द्री आँधीले कसैलाई पनि पर्खदैन भनेझै जिवन गतिशिल र उर्जाशिल रुपमा अगाडी बढाउने चाहना अनुरुप तराई जिल्लाको जलेश्वरमा जन्म लिएर त्यसैलाइ कर्मथलो बनाएर स्वर्णिम भविश्य बनाउने परिकल्पना अनुसार जिवनको बागडोर सम्हाल्दै अगाडी बढिरहेकी छु । आमाको न्यानो काखमा जन्म लिइ उनैको छातिमा उत्पन्न अन्नपातको प्रभावले तोते बोल्दा बोल्दै आज बिद्यालय तहको शिक्षा उत्तिर्ण गरी उच्च शिक्षा हासिल गर्न प्रयासरत छु । बिद्यालय जिवनमा सँगै जन्मेका हुर्केका साथीहरुसँग आत्मिय साइनो गास्दै उनिहरुसँगको सम्बन्ध नविकरण गर्दे बिद्यालय तहसम्मको अध्ययन पुरा गरियो ।

आमा बुवाको न्यानो मायामा हुर्केका कारण मलाई जिवनका कहिल्यै अभाव र समस्याको पनि महशुस हुन पाएन । भनिन्छ जिवनमा सफल हुन बाउन्न हण्डर त्रिपन्न घुस्सा खानुपर्छ रे जिवनमा सफल र असल व्यक्ति हुन पुर्ण बिश्वास र नियमपुर्ण अभ्यासको जरुरी पर्दछ । म सानै उमेर देखी बाट एउटा सफल सामाजिक अभियान्ता बन्न चाहन्थें । समाजभित्र रहेका बेथिति र कुरितिको अन्त्य गरी सामाजिक क्षितिजमा नयाँ आयाम थप्ने उच्च अभिलाषाका साथ जिवनको रथ हाँकिरहेकी छु । जिवन यात्रा गर्ने क्रममा कयौ साथीहरु तथा अग्रजहरु सँग भेट भयो जिवनमा केही व्यक्तित्वहरु मेरो जिन्दगीको पथप्रदर्शक बनेर रहनुभएको छ ।

जिवनमा कसैको साथ अनि लड्दा खेरी समाउने हात चाहिन्छ भनेझै उहाँहरुले दिएको अनन्य सल्लाह, सुझाव र प्रतिकृयाले आज जिन्दगीले सही गन्तव्य लिएर अगाडी बढिरहेको छ । जिन्दगी कानुनी गुणफल,योगफल वाद प्रतिवादको समिकरण मात्र होइन रहेछ यो त अविरल गतिमा प्रवाहित प्रेमको सरित प्रवाह रहेछ । यदि संसारलाइ बदल्नु छ भने शुरुवात आफैबाट गर्नुपर्छ भन्ने स्वामी विवेकानन्दको भनाइबाट प्रेरित भएकी म जिवन व्यतितको आडमा धेरै उतार चढावहरु व्यहोर्नु परेको छ । सरल र मिजास स्वभावका कारण धेरै साथीहरु म प्रति आकर्षित हुने गर्दथें र नजानिदो तरिकाबाट मायामा लिप्त हुने बहाना पनि गर्दथें कहिले निकटता र कहिले बिकटताको अभिनय गरेर मेरो स्वभावको अग्निपरिक्षा लिने गर्दथें तर म त्यसलाई त्यति वास्ता गर्दिनथें मानिस आस्था, बिश्वास र समर्पणका आगाडी झुक्नुपर्दो रहेछ ।

केही मानिसहरुमा बिश्वासको खडेरी परेको यो अपरिचित शहरमा कहिलेकाही मान्छे भित्रको मानवता हराउदै गएको महशुस गरेको छु । तर यही शहरमा केही महान् हस्थिहरु पनि भेटिए जसले कुहिरोमा हराएका यि मनहरुलाई सहि गन्तव्य दिएर अगाडी बढ्ने प्रेरणा प्रदान गरेका छन् । अनि दोसाँध अल्झिएको यो जिन्दगीलाइ सही मार्गदर्शनको कारण मेरो जिन्दगीमा नयाँ आयाम थपिएको छ अनेकौ हण्डरले थिचिएका यि मनहरु लक्ष्य प्राप्तीको लागी अनवरत रुपमा लागिरहेका छन् अव जिन्दगीले छिट्छै सफतलाको शिखर चुम्न सफल हुनेछ म हृदय देखी नै हार्दिक नमन गर्न चाहन्छु ति सहयोगी मनहरुलाई जसले मेरो जिन्दगीमा सधै मार्गदर्शक बनेर रहिरहनेछ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: