ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

धर्तीले विश्राम पाउँदा यसरी मुस्कुरायो प्रकृति

लुम्बिनी दर्पण २०७७ बैशाख १०, बुधबार ०४:२९
[sharethis-inline-buttons]

लुदअ, बैशाख १०

कोरोना संक्रमणका कारण यतिबेला विश्वका अधिकांश देशहरुमा लकडाउन कायम छ । नेपालमा पनि १महिना देखि लकडाउन भएको छ । अमेरिका, बेलायत, अष्ट्रेलियादेखि भारतसम्मका देशहरुमा यतिबेला लकडाउन कायम छ । लकडाउनले एकातिर सामाजिक गतिविधिहरु बन्द भएका छन्, मानिसहरु घर घरै बस्न बाध्य भएका छन्, स्कूल कलेज बन्द भएका छन् । यी सबै लकडाउनका वेफाइदाहरु हुन सक्छन् । यद्यपि, यही लकडाउनका केही फाइदाहरु पनि भेटिएका छन् , खासगरि प्राकृतिक फाइदाहरु ।

वास्तवमा यतिबेला लकडाउन हामी बस्ने पृथ्वीका लागि त वरदान नै सावित भैरहेको छ । मानव गतिविधिहरु बन्द भएका कारण प्रकृतिमा धेरै सुधारहरु देखिन थालेका छन् ।

मानव गतिविधिले प्रकृतिमाथि कति अन्याय गरिरहेको रहेछ ? हामी धर्तीमाथि कति हावी भइरहेका रहेछौं ? लकडाउनको कारण भौतिक गतिविधिहरु ठप्प हुँदा प्रकृतिमा अचम्मलाग्दो सुधार देखिएका छन् । हामीले फेर्ने वायु शुद्ध भएका छन्, आकास सफा छ, समुन्द्र कञ्चन भएको छ । सर्वत्र सौन्दर्य खुलेका छन् ।

कम्पन

लकडाउनको क्रममा पृथ्वीमा हुने कम्पन ३० देखि ५० प्रतिशतसम्म कम भएको छ । यातायात, मेशीन, ध्वनि प्रदुषण र अन्य विभिन्न किसिमका मानविय गतिविधिहरुका कारण पृथ्वीमा हलचल धेरै हुन्थ्यो । अहिले भूकम्पका बारेमा अध्ययन गर्ने वैज्ञानिकहरुले विज्ञानीले सानो भन्दा सानो स्तरको भुकम्पहरुलाई पनि नाप्न थालेका छन् ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुले यसको पुष्टि गरेका छन् । बेल्जियमस्थित रोयल अब्जर्भेटरीका अनुसार भूकम्प वैज्ञानिकहरु पृथ्वीको कम्पनलाई पत्ता लगाउनका लागि जमीनभित्र बनेको केन्द्रहरुको उपयोग गर्छन् । तर वर्तमानमा पृथ्वीमा छाएको शान्तिका कारण यसलाई बाहिरबाट पनि त्यतिकै राम्रोसंग सुनिन थालेको छ, जति राम्रोसंग भित्रबाट सुनिन्थ्यो ।

ओजोन तहमा सुधार

ओजोन तहलाई सबैभन्दा धेरै नोक्सान अन्टार्कटिका माथि भएको थियो । तर अहिले यो तहमा उल्लेखनीय सुधार भएको वैज्ञानिकहरुले बताएका छन् । नेचरमा प्रकाशित ताजा सर्वेक्षण अनुसार जुन केमिकल ओजोन तहको नोक्सानका लागि जिम्मेवार रहेको छ, तिनीहरुको उत्र्सजनमा कमी हुनुको कारण यो सुधार भएको हो । अहिले कम भएको ओडीएसको उत्सर्जनबाट दक्षिणी ध्रुबमा अन्टार्कटिका माथि तिव्र गतिको हावाको भुमरी बन्दथ्यो, त्यसको हलचल पनि बन्द भएर विपरीत दिशामा जान थालेको छ ।

यी पदार्थको कमीले केवल ओजन तह सुधार हुने मात्र नभएर अन्टार्कटिकाको माथिल्लो भुमरी पनि आफ्नो सही स्थानमा फर्कन थालेको छ । यसको अन्य सकारात्मक सुधारहरुका साथ वर्षामा हुने स्वरुप पनि सकारात्मक परिर्वतन हुन्छ भन्ने आशा लगाउन सकिन्छ । यो सर्वेक्षणबाट मेलबर्न यूनिभर्सिटीका अग्र्यानिक केमिस्ट ल्यान रे धेरै उत्साहित छन् । उनका अनुसार यसका कारण अस्ट्रेलिया नजिक कोरल रीफ क्षेत्रमा लामो समयदेखि वर्षा हुन कम भएको थियो, त्यसमा सुधार हुन सक्छ । अहिले भएको परिर्वतनले यो क्षेत्रमा वर्षँ धेरै हुन थाल्छ, जुन केहि दशकबाट भएको थिएन ।

पृथ्वीभन्दा वायुमन्डलको पहिलो तह ठीक माथि ओजोनको तह रहेको छ, जसले अन्तरिक्षबाट आउने अल्ट्राभ्वाइलेट किरणहरुलाई पृथ्वीको तहसम्म आउन दिँदैन । यो तह भुमध्ये रेखा माथि १५ किलोमीटर छ भने ध्रुवहरुमाथि करीव ८ किलोमीटर मोटो छ । अल्ट्राभ्वाइलेट किरणहरुले हाम्रो आँखा र छालालाई विशेष किसिमले हानि पु¥याउँछ । यी किरणहरुका कारण मानिसलाई क्यान्सर जस्तो रोग पनि लाग्न सक्छ ।

प्रदूषणको स्तर

कल–कारखाना बन्द हुनाका कारण प्रदुषण कम भएको छ । यातायात र मानिसहरुको आवत–जावत पनि बन्द भएको छ । जसका कारण हावाहरु एकदम सफा भएका छन् । यसको सबैभन्दा ठुलो प्रमाण भनेको टाढा–टाढाबाट नै हिमालहरु देखिन थालेका छन् । स्वच्छ हावा र नीलो आकाश देखिन थालेको छ । प्रदुषणका कारणले संसारमा धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।

सेन्टर फर साइन्स एण्ड इन्भारमेन्टको प्रदुषणको बारेमा दिनहुँ गरिएको विश्लेषणबाट अहिले लकडाउनका कारण संसारभरीको प्रदुषणको स्तर धेरै कम भएको हो भन्ने कुरा पत्ता लागेको छ ।

नेपालको कुरा गर्नु पर्दा अहिले यहाँको हावामा प्रदुषण छैन । जसका कारण बाटो वरपरका वोटविरुवामा पलाएका पातहरु पनि चिल्ला र हरियो देखिन थालेको छ । शहर सबै तिर सफा र स्वच्छ देखिएका छन् ।

यदि नाइट्रोजन अक्साइडको स्तरलाई हेर्ने हो भने पनि विश्वका विभिन्न शहरहरुमा यसको स्तर निकै घटेको पाइएको छ । भारतकै नयाँ दिल्ली, मुम्बई, कोलकाता जस्ता शहरहरुमा क्रमशः ४२ प्रतिशत, ४९ प्रतिशत तथा ३७ प्रतिशतले कमि आएको पाइएको छ । विश्वका अन्य शहरहरुमा पनि यही अनुमातले नाइट्रोजन अक्साइडको मात्रामा कति आइरहेको छ । यो परिवर्तन गाडिहरु सडकमा ननिस्किनाले, उद्योग(कलकारखानाहरु बन्दा हुनोले तथा निर्मँण कार्यहरु रोकिएकाले भएको हो ।

सफा भए नदीहरु

लकडाउनका कारण उद्योगहरु बन्द छन्, जसका कारण नदीहरु प्रदूषित भैरहन्थे । नदी किनारहरुमा मानिसहरुको गतिविधिहरु पनि अहिले बन्द छ, जसका कारण ठूल्ठूला नदीमा स्वच्छ जल बगिरहेको छ । अहिले देशका प्रत्येक नदीहरु निर्मल भएर अविरल रुपमा बगिरहेका छन् । बागमती, नारायणी, त्रिसुली, सेती, गण्डकी, कोशी जस्ता नदीहरुमा स्वच्छ पानी बग्न थालेको हो । यी नदीहरुका घुलित अक्सिजन छदेखि सात प्रति लिटर मिलिग्रामबाट बढेर ९–१० सम्म पुगेको बताइन्छ ।

यी उल्लेखित कामहरुका लागि सरकारले दशकौंदेखि प्रयास गरिरहे पनि सफलता हासिल भएको थिएन, अहिले तीन साताको लक डाउनले ती सबै कामहरु सम्भव भएका छन् ।

onlinekhabar.com बाट साभार


प्रकाशित : २०७७ बैशाख १०, बुधबार ०४:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech