
सागर पौडेल ।
अब त सत्ता र शक्तिको राजनीतिको खेल सकियो होला नि ए सरकार १ सबै राजनीतिक खेललाई बर्खाले स्थगित पारी दियो सम्झेर जनताका लागि केही सोच न ए सरकार । हामी जनता तिम्रो परिवारको एक–एक सदस्य हौँ । सरकार कोहि छैन बाहिरको सबै तिम्रो घरका हुन । त्यसैले पर्दा र मर्दा त दुश्मन नि काम लाग्छ तिमी त घर भित्रको परिवार हौ अप्ठ्यारो पर्दा नि कसरी हेरि बस्न सकेका हौ ।
अब त अति भयो, ए सरकार ।
अस्पतालमा सिट छैन. सिट पाए आइ.सी. यु छैन, आइ. सी. यु .पाए भेन्टिलेटर छैन । भेन्टिलेटर पाए अक्सिजन छैन, अब जनता ले के गर्ने भन्ने अवस्था आयो सरकार ।
आफ्नो तर्फबाट पनि आन्दोलन स्वरुप एउटा “अङ्कमाल” भन्ने कार्यक्रम राख्न बाध्य जनतालाई आन्दोलन गर्ने नगराउ ए सरकार । कोभिड पोजेटिभ हुने आत्तिए र मात्तिए भने सरकार तिमी पनि अछुत रहन सक्ने छैनौ । जसले जहाँ जुन पार्टीको उच्चतहको नेता भेट्न पुग्छ, ग्वाम्म अँगालो मारेर रुदै आफ्नो जीवन रक्षाका लागि भिख माग्न बाध्य हुने दिन आउला नि सरकार । अनि तिमिलाई पनि अस्पतालको अगाडी पेटीमा हामी संगै सुताउने ब्यवस्था गरि आफ्नो दुःखको साथी बनाउनु पर्ला नि सरकार । जिवन रक्षाका लागि भनौ एउटै स्वरले प्रिय नेता ज्यू , हाम्रो साथ चाहिने भए । कुर्सीको युद्ध छोडेर कोभिड बिरुद्धको युद्धमा आउनुहोस् । अहिलेलाई चाहिदैन सरकार तिम्रो धरहरा, चाहिदैन तिम्रो मोटर बाटो । मलाई बचायौ भने चढौँला ,हेरौला अनि हिडौला तर बिन्ती सरकार मलाई बचाउ देश भिषण स्वास्थ्य युद्धमा धकेलिएको छ । जनता मरिरहेका छन् । कसका लागि र कसले गर्दा अभिभावक भएका हौ । एकपटक सोच त ए सरकार जनता रहे त तिमी प्रमुख बनौला । पहिला यो कोभिडको युद्धलाई पार लगाउ अनि तिम्रो राजनितिक युद्धमा साथ दिन सारा नेपालीले साथ दिनेछन् ।
सति ले सरापेको मेरो देश भन्थे अब मुर्दाले पनि नसरापोस् । गलती भए माफ पाउ है सरकार ।
अस्पतालमा छटपटाइरहेका बिरामी र बिरामीका आफ्न्तको छटपटाहवटलाई सुन्ने कोशिष गर । अन्यथा तिनै छटपटिका आवजको सराप लाग्ने दिन आउन बेर लाग्ने छैन । सत्ता र शक्तिको खेल त फेरी पनि खेल्न सकिन्छ । तिम्रा पार्टीका नेता र कार्यक्रतालाई फेरी पनि मन्त्रि र सचिव बनाउन सकिन्छ । के को चिन्ता । समयले अहिले मन्त्रि मागेको छैन बरु बनेका मन्त्रिको ठोस कदम मागेको छ । अक्सिजन र अस्पतालको प्रत्याभुति मागेको छ ।
सरकारका निर्देशन र विज्ञप्ति मागेको छैन बरु निर्देशन र विज्ञप्तिमा कोरिएका शब्दहरुको सार्थकता खोजेको छ ।
ए सरकार अब त अति भो, केही गर कोभिड विरुद्ध ।

