
काठमाडौं, आश्विन २२
पछिल्लो २४ घण्टामा नेपालमा ७६४ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ १ हजार ३३ जना संक्रमणमुक्त भएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८८ जनामा गरिएको परीक्षणमा ७६४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै यसैअवधिमा कोरोनाकै कारण १० जनाले ज्यान गुमाएका छन् ।हाल देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेका छन् ।