काठमाडौं, असोज २३
पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमित थपिदा ८९९ जनाका कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।
।यस्तै यस अवधिमा ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ। पछिल्लो २४ घण्टामा ९० हजार ९९३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। संक्रमितमध्ये ३१७ जना आईसीयूमा छन् भने ११३ जना भेन्टिलेटरमा छ्न।