
काठमाडौं , अशोज ३१
नेपालमा आइतबार थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६८० संक्रमित कोरोनामुक्त भएका छन । देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ जना र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।