
कात्तिक २
स्विट्जरल्यान्डले नेपाललाई कोभिड(१९ विरुद्धको एक लाख ४४ हजार डोज खोप दिने भएको छ।स्विट्जरल्यान्डले अक्टोबरभित्रै एस्ट्राजेनेका खोप दिन लागेको काठमाडौंस्थित स्विस दूतावासले जनाएको छ। कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप सहयोग गर्न लागिएको हो।नेपाललाई खोप सहयोग गर्न पाउँदा खुशी लागेको नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले जनाएकी छन्।