
कार्तिक ४, काठमाडौं
आज कोरोना भाइरसका ५४५ जना नयाँ संक्रमित थपिदा ७२६ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ जनामा गरिएको परीक्षणमा ५४५ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।