
काठमाडौं ,कात्तिक ६
नेपालमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ देशभर ८१७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ५१३ जनाको नतिजा पोजिटिभ आएको हो ।चार हजार ९७२ नमुनाको पीसीआर परीक्षण गर्दा ४३८ र एक हजार ९५९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठजनाको मृत्यु पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।