विश्मा फेरिदै लोकतन्त्रको परिभाषा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

  टिकाराम घिमिरे

तिलोत्तमा,कात्तिक ७

कुनै पनि देशलाई सिध्याउंन मूल त दुईवटा आश देखाउंनु पर्छ मानव अधिकार र प्रजातन्त्र यो दुईवटा नारा दिएपछि जनताहरु ठान्छन कि यो दुईवटा पुरा भयो भन्ने हामीले देवलोकको सुखभोग गर्न पाईन्छ। राम्रो सरकार भएपनि आफ्नै सरकारको बिरोधमा अनेक तरिकाले आन्दोलन गर्न थाल्छन जब गिर्छ प्रजातंत्र आयो भनेर भोज मोज गर्दै रक्सीको बियरको बोतल सिध्याउंदै सडकमा बजार्दै खुशीयाली मनाउँछन।जब लोकतंत्र नामको अनुशासनहीन छाडानीजिधन ब्यक्तिको स्वार्थलाई प्रमुखता दिने शासन चल्छ अनि देशको खेतियोग्य जमिन जंगल ताल पोखरी हरियालीले भरिएका पहाडहरु धमाधम नीजिमा परिणत भई आवश्यक भन्दा बढी लाखौं घर शहर कारहरु बढ्न थाल्छन खानेकुरा औंषधि उपचार शिक्षा साधारण जनताहरुको क्षमता बाहिर पुग्छ ।प्रकृति वातावरण सवै ध्वस्तहुन थाल्छन सबै लथालिंग बनेर जान्छ किनकी त्यहां देशको माया भन्दा व्यक्तीको स्वार्थको ख्याल राखिन्छ अनि सबै भताभुंग भई अन्तमा देश नै अरुको हातमा सुम्पिनु पर्ने वातावरण तयार हुन्छ ।


प्रकाशित : २०७८ कार्तिक ७, आईतवार १४:२३