
काठमाडौँ ,कार्तिक ७
आज नेपालमा थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८७७ संक्रमित कोरोना मुक्त भएका छन ।देशभर गरिएको ६ हजार ६१ पिसिआर परिक्षणका क्रममा ५ सय २२ जना र १ हजार ५ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हाल १० हजार २०१ सक्रिय संक्रमित आइशोलेशन र २२० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।