
नयाँदिल्ली , कात्तिक ८
भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना नयाँ सङ्क्रमित थपिएका छन।भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०।४९ प्रतिशत मात्रै हो।मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८।१८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्।