
काठमाडौं कात्तिक १२
पछिल्लो २४ घन्टामा मुलुकमा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदाँ ५ सय ६९ जना निको भएका छन ।७ हजार १ सय ४५ जनाको पीसीआर परीक्षणर २ हजार ६ सय १ जनामा एन्टीजेन परीक्षण गरिएमा उक्त संख्यामा संक्रमित थपिएका हुन ।
९ हजार ७ सय ४६ जनामा नमुना परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना संक्रमण पाइएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै,आज ६ संक्रमितको मृत्यु भएको छ । हाल मुलुकमा १० हजार १ सय ५१ सक्रिय संक्रमित छन् ।