
काठमाडौं , कार्तिक १७
बुधबार सेयर बजार परिसुचक नेप्से ५।२२ अंकले बढेर २८४८।८४ अंकको बिन्दुमा पुगेको छ । आज २२९ कम्पनीको ९९ लाख ९५ हजार ५५२ कित्ता सेयर किनबेचबाट ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसुचक बढेपनि सेन्सेटिभ परिसुचक भने ०।५२ अंकले घटेको छ ।
समूहगत परिसुचक तर्फ बैंकिङ, विकास बैंक , जलविद्युत, वित्तीय, उत्पादन तथा प्रशोधन , अन्य , माइक्रोफाइनान्स र सामूहिक लगानीकोष समूहको सुचाङ्क बढेको छ भने व्यपार , होटल तथा पर्यटन, जीवन बीमा, नीर्जीवन बीमा र लगानी समूहको सुचाङ्क घटेको छ ।
उत्पादन तथा प्रशोधन समूहको सुचाङ्क सबैभन्दा धेरै २३।२ अंकले बढेको छ भने नीर्जीवन बीमा समुहको सबैभन्दा धेरै ११३।४४ अंकले घटेको छ । महालक्ष्मी विकास बैंक, साहास उर्जा र आईसीएफसी फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।आज नविल बैंकको करिब १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।