
मङ्सिर ६
नेपालमा थप ३ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ९७ नमूना परीक्षण गर्दा ३ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट८ लाख १९ हजार ३ सय ८६ र एन्टिजेन विधिबाट ९५ हजार ३ सय ३२ जनामा पुष्टि भइसकेको छ । सङ्क्रमितमध्य हालसम्म ८ लाख ६ सय १७ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५सय पुगेको छ । हाल देशभर ७ हजार २ सय ६९ सक्रिय सङ्क्रमित रहेका छन् ।