
पाल्पा –
पाल्पाको निस्दीमा बिजुलीको पोलबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ । पाल्पाको निस्दीमा बिजुलीको पोलबाट खसेर १ जना मजदुरको ज्यान गएको छ ।
निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले जनाउनु भएको छ ।
घटना दिनको करिब साढे ११ बजेतिर भएको हो । मृतकको लास पोष्टमार्टमको लागि रामपुर अस्पतालमा लागेको प्रहरीले जनाएको छ ।