राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन भव्य बनाउँछौं अध्यक्ष कार्की

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,माघ १२ ।

कलाकर्मीहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघको महाधिबेशन भव्य र सभ्य बनाउने राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताएका छन् । महाधिवेशनको मिति तय भएसँगै अहिले धमाधम जिल्ला तथा प्रदेश अधिवेशनहरु चलिरहेको कार्कीले बताएका छन् । यसै सन्दर्भमा आज राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय कार्यसमितिको बैठक संघका केन्द्रीय अध्यक्ष श्री राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा संघको केन्द्रीय कार्यालयमा बसेको छ । बैठकले आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने राष्ट्रिय महाधिबेशनलाई भब्य सभ्य र मर्यादित रुपले सम्पन्न गर्नको लागि केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की संयोजकत्वमा महाधिवेशन मुल आयोजक समिति गठन गरेको छ ।

जसको सह संयोजकमा संस्थाका बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, महासचिबमा संस्थाका महासचिव बिक्रमजङ शाह र सदस्यमा संस्थाका पदाधिकारी, प्रदेश इन्चार्ज र केन्द्रीय सदस्यहरु रहेका सस्थाका अध्यक्ष कार्कीले जनाएका छन् । त्यसै गरी महाधिवेशन सफल पार्ने बिभिन्न बिषयगत उपसमितिहरु पनि गठन गरिएको छ।सो महाधिवेशनमा प्रत्येक जिल्लाबाट ५ जना प्रदेशबाट १५ जना र आजिबन सदस्य स्वतहः प्रतिनिधि हुने बैठकले निर्णय गरेको छ ।

हालसम्म ३४ जिल्ला र २ वटा प्रदेशको अधिवेशन सम्पन्न भैसकेका छन् भने बाँकी जिल्ला तथा प्रदेशहरु अधिवेशनको तयारीमा रहेका छन् भने प्रदेश सरह रहेको विशेष सम्पर्क समितीको अधिबेशन फाल्गुन १ गते र लुम्बिनी प्रदेश अधिवेशन फाल्गुन पहिलो हप्ता हुन लागेको लुम्बिनी प्रदेश महासचिव पुर्णचन्द्र परियारले बताएका छन् ।


प्रकाशित : २०७७ माघ १२, सोमबार १६:३९