कपिलवस्तुमा रहेर साहित्यिक विधामा लामो समय कलम चलाउँदै आएका साहित्यकार लेखनाथ घिमिरे अहिले भने एक देशक्ति सालैजो गीतसँगै सांगितिक क्षेत्रमा पनि प्रवेश गरेका छन् । घिमिरेले साहित्यको कविता विधामा रही ५ वटा कृति समेत प्रकाशित गरेका छन् । उनले पछिल्लो पटक हिमाल पहाड तराई बोलको सालैजो गीत बजारमा लिएर आएका छन् । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुका प्रवक्ता समेत रहेका घिमिरे पछिल्लो पटक लोक संगीतको क्षेत्रमा लागिरहेका छन् ।
गायक दिनेश रञ्जन बिगत दुई दशक देखी लोक संगितको क्षेत्रमा लागेका छन् । उनको लयमा दर्जनौ गितहरु बजारमा आएका छन् ति मध्ये फुलमा मौरी घरमा रानो छ , नानी गोर्खाली, तानसेनको मिनि बस, भन सानु तिम्लाई कस्तो छ बोलको गित अत्यन्तै चर्चामा रहेका छन् । देशभक्तिको भावनाले ओत प्रोत रहेको यो गीतमा राष्टियताको सन्देश झल्किएको छ । लेखनाथ घिमिरेको शब्द र दिनेश रञ्जनको लय रहेको यो गीतमा प्रदिप गिरी,सुती जोशी,सुमन थापा र सृजन मगरको अभिनय रहेको छ ।
कपिलवस्तु, पाल्पा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा छायांकन गरिएको यो गीतमा मौलिक लय र यहाँ प्राकृतिक सम्पदाको महत्व झल्काइएको छ । आफ्नै शब्द रचना रहेको सो गीतमा घिमिरे सँगै लोक दोहोरी गायक दिनेश रञ्जन र शान्ति श्री परियारको स्वर रहेको सो गीत अलाप स्टुडियोको युटुब च्यानलबाट हेर्न सकिन्छ । भिडियो ……..