तारापती सुवेदीको घाम चर्केको छ बजारमा (भिडियो सहित)

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

लोकप्रिय गायक तारापती सुवेदीको मर्मस्पर्सी गीत घाम चर्कोको छ भर्खर मात्र बजारमा आएको छ । देश काल र परिस्थिति अनुसार मौलिक टिपिकल गीत गाउन अब्बल गायक सुवेदी यस अघि पनि थुप्रै किसिमका देशभक्तिपुर्ण,सन्देशमुलक,मनोरञ्जनात्मक किसिमका गरी दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् । उनको गीत संगित प्रतिको निरन्तर साधना र लगावका कारण उनका गीतमा अत्यन्त मौलिकता, कलात्मकता, श्रृंगारता पाइन्छ ।

चर्चित गायिका शान्ती श्री परियार र सुवेदीको सुमधुर आवाज रहेको सो गीतका सबै पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ । गीतमा सुवेदी आफैले लय तथा शब्द भरेका छन् ।

दिपक अधिकारीको निर्देशन रहेको सो गीतमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीले अभिनय गरेका छन् । उक्त भिडियोमा हरिस महराको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ । गीतलाई तारापति सुवेदीले आफ्नै यु टुयुव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो ……………

 


प्रकाशित : २०७८ बैशाख ७, मंगलवार १६:२४