अध्यागमन विभागले कोरोनाको नयाँ स्वरुप विश्वका विभिन्न मुलुकमा फैलिसकेका कारण अत्यावश्यक नपरी विदेश यात्रा नगर्न आग्रह गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेकोअवस्थामा त्यसको रोकथाम गर्ने उद्देश्यले सूचना जारी गरी अर्काे व्यवस्था नभएसम्मका लागि सचेत हुन अनुरोध गरेको हो । ओमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ) बाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मङ्सिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ।
अत्यावश्यक बाहेक वैदेशिक यात्रा नगर्न अध्यागमन विभागको अनुरोध ।।
प्रकाशित : २०७८ पुष २९, बिहीबार १८:०४
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech