
बुटवल ।
लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको हो ।
‘प्रदेश सरकार मिति २०७७/१२/१३को निर्णयअनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेकोे व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’–आन्तिरक मामिला मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।